+
+
Shares

मुखमा कपडा कोचेर गहगहना लुटियो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १०:५५

१८ मंसिर, पाल्पा । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।

घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् ।

श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताए ।

“खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक कानका गहना, र छिमेकी नन्दहरूको गहना थुत्यो, ३ वर्षको छोरोको कानको मुन्द्रीसमेत थुतेर लग्यो”, कल्पनाले भने, “बच्चाको भुड्की, कोर्ट, पाइन्ट, चस्मा, लत्ताकपडा, चार र पाँच तोला सुन र नगद चोरी गरेर लगेको छ ।”

लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरी फर्केको छ । त्यस क्षेत्रमा रातभरि गाडी ओहोरदोहोर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?