Comments Add Comment

रुपन्देहीमा ४ हजार ४४४ सुरक्षाकर्मी खटिए, सीमा वारपार गर्न रोक

निर्वाचन सुरक्षाका लागि परिचालित म्यादी प्रहरीहरू ।

२० मंसिर, बुटवल । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ४४ सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएको बेलहिया नाका ७२ घण्टाका लागि बन्द पनि गरिएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निर्वाचनलाई ध्यानमा राखेर नेपाल भारत सीमा नाका बन्द गरिएको जानकारी दिए । ‘नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा तथा प्रशासनको संयुक्त बैठकले गरेको निर्णय अनुसार मंसिर २१ मा नेपालमा हुने निर्वाचनको क्रममा १८ गते मध्यराति देखि २१ गते मध्यरातिसम्म ७२ घण्टासम्म दुबै देशका सीमा बन्द रहने छन्,’ प्रजिअ मैनालीले भने ।

यस अवधिमा नेपाल र भारतबाट आवतजावत गर्ने सवारी साधनहरु र पैदल यात्रुलाई समेत सीमा वारपार गर्न बन्देज लगाइएको छ  । तर पर्यटक तथा अत्यावश्यक सवारी साधनहरुलाई आवत जावत गर्न दिइएको छ ।

निर्वाचनलाई भयररहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी ४ हजार ४ सय ४४ सुरक्षाकर्मी खटिएका छन् ।

यसैबीच निर्वाचनलाई ध्यानमा राख्दै मंसिर १८ गतेदेखि २२ गतेसम्म मदिरा बिक्री नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गरेको छ ।

जिल्लामा रहेका बिभिन्न ब्यापार संगठन, होटल ब्यावसायी तथा मदिरा ब्यवसायीहरुलाई उक्त अवधिमा मादक पदार्थ बिक्रूी नगर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मैनालीले बताए ।

बिहीबार हुन लागेको निर्वाचनलाई भयरहित बनाउन सुरक्षा सतर्कता बढाइएपछि निर्धक्क भएर मतदानमा सहभागि हुन उनले आग्रह समेत गरे ।

रुपन्देहीमा  ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment