Comments Add Comment

थकाइ लाग्यो ? तत्काल फ्रेस हुने यस्तो छ उपाय

जिन्दगी व्यस्त छ । दौडादौड छ । तिब्र प्रतिश्पर्धामा खरो उत्रन मेहनत पनि उस्तै गर्नुपर्छ । उता शरीरको आफ्नै विज्ञान हुन्छ । मन थाक्दैन, तर शरीर थाक्छ । किनकी, अफीसमा काम गर्दागर्दै तपाइको शरीरमा उर्जाको कमी हुन थाल्छ र तपाइलाई थकान महसुस हुन्छ । आजको भागदौडयुक्त जिवनमा थकान सबैलाई हुने गर्छ । कसैलाई हरेक दिन थकान महसुस हुन्छ भने कसैलाई कहिलेकाही मात्र थकान महसुस हुनेगर्छ । यदि तपाइ कार्यालयमा काम गरीरहनुभएको छ र थकान महसुस भयो भने के गर्ने ? यहाँ केही आइडीया दिइएको छः

हात हल्लाउनुस्

सिधा उभिनुस् । दुबै हातलाई सिधा आकाशतर्फ फर्काएर तनक्क तन्काउनुस् र तन्कीएकै अवस्थामा शरीरलाई अगाडीतर्फ ‘यू’ आकारमा निहुँराउँदै हातले दुबै गोडाका औंला छुने कोशीस गर्नुस् । अब यही पोजीजसनमा दुबै हातमा कम्पन ल्याउनुस् । अर्थात कामे झैं गरेर हातहरु हल्लाउनुस् र हल्लाउँदै हल्लाउँदै सिधा खडा हुनुस् । हात हल्लाउने क्रम जारी राख्नुुस् र सोही पोजिसनमा दायाँ र बायाँ पालै पालो निहुरीदै माथि उठदै, निहुँरीदै माथि उठदै गर्नुस् । यसो गर्दा शरीर तरँगीत हुन्छ । त्यो तरँगले शरीरका कोषहरुमा नयाँ उर्जा, उत्साह र स्फुर्ती ल्याउँछ । शरीरमा यसबाट हुने रासायनिक प्रतिक्रियाबाट निराश र थकित मनमा समेत प्रफुल्लीत हुन्छ ।

ताली बजाउनुस्

नाचगान हुँदा जसरी तपाइ आनन्दका साथ ताली बजाउनु हुन्छ, ठिक त्यसैगरी करीब पाँच मिनटसम्म उप|mदै ताली बजाउनुस् । ताली बजाउँदा हाम्रो हत्केलामा एक्कुप्रेशर हुन्छ र यसले शरीरमा नयाँ स्फुर्ती ल्याउँछ । हाम्रो शरीरमा स्टोर रहेको उर्जा रिलिज हुन्छ र शरीर मानौं रिचार्ज हुन्छ ।

यताउता डुल्नुस्

थकान महसुस भएमा बसेको ठाउँबाट उठेर यताउता डुल्नुहोस् ।  आफ्नो वरिपरि १० मिनेटमात्र डुल्ने हो भने पनि तपाईलाई दुई घण्टाका लागि उर्जा प्राप्त हुन्छ ।

किनकी एक छिन यताउता डुल्दा मात्र पनि दिमाग तथा मांसपेशीलाई अक्सिजन मिल्छ, जसले गर्दा शरीर उर्जवान हुन पुग्छ ।

पानी पिउनुहोस्

शरीरमा पानीको मात्रा कम भएमा पनि थकान महसुस हुने गर्छ  । शरीरमा पानीको कमी भएमा ‘डिहाईड्रेसन’ हुन्छ, जसले गर्दा थकान महसुस हुने गर्छ । शरीरमा थकान महसुस हुनासाथ पानी पिउनु जरुरी छ । शरीरमा पानी कम नहोस् भन्नका लागि भरपूर मात्रा पानी भएका फलफूलसमेत खान सकिन्छ ।

कम खानुहोस्

कहिलेकाँही कम उर्जाले मात्र हैन, धेरै उर्जाले पनि आलस्य या थकान महसुस गराउँछ र वर्किङ आवरमा निद्रासमेत लाग्नसक्छ । कार्यक्षेत्रमै कतिपय मानिसहरु झुलीरहेका हुन्छन् । भोक लागेको खण्डमा हामी एकैपटक धेरै खान्छौं, जसले पनि थकान महसुस गराउँछ । त्यसैले, सकेसम्म ठिक मात्रामा भोजन गर्ने । बरु थोरै थारै खाने बानी गर्ने । खाना खादा सानो सानो टुक्रा बनाएर खाने ।

ब्रेकफास्ट गर्नुस्

दिनभर सक्रिय रहन विहानको खाना आवश्यक छ । विहानको खानाले शरीरलाई उर्जा प्रदान गर्छ , जसका कराण शरीर सकि्रय रहन्छ  । त्यस्तै, विहानमा यस्तो खानेकुरा खाने गरौ जसमा प्रोटीन तथा फाइबरको मात्रा धेरै होस् र चिनी तथा बोसोको मात्रा कम होस् ।

कुराकानी गर्नुहोस्

यदी तपाई अफिसमा हुनुहुन्छ र बेलाबेलामा थकान महसुस हुन्छ भने सँगैको साथीसित केहीबेर कुरा गर्नुस् । घरमा एक्लै हुनुहुन्छ भने कसैलाई फोन गर्न सक्नुहुन्छ । कुराकानी गर्दा दिमाग सक्रिय रहन्छ र थकान महसुस हुन पाउदैन ।

स्वस्थ खाजा रोज्नुस्

यदी तपाईमा आलस्य छ र थकान महसुस गरिरहनु भएको छ भने स्वस्थ खाजा खान सक्नुहुन्छ । खासगरी चिनिको मात्रा कम भएको खाजा उत्तम हुन्छ । तारेका भुटेको परिकार पनि स्वास्थ्यका लागि हानीकारक हुनसक्छ । काजु, किसमिस, बदामलगायतका चिज तपाईको रोजाईमा पर्नसक्छ । यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै शरीरमा आवश्क मल्टी भिटामीन र खनिजको कमी पुरा गर्छ ।

 गहिरो सास लिनुस्

घरिघरि थकान महसुस भएको छ भने लामो लामो तथा गहिरो सास लिएर पनि शरीरलाई आराम दिन सक्नुहुन्छ । पेटमा दवाव दिएर गहिरो सास लिने कोशिश गर्नुस् । गहिरो सास लिएको खण्डमा शरीरमा रक्त सञ्चार राम्रोसित हुन्छ, मुटुको धडकन कम हुन्छ र रक्तचाप कम हुने गर्छ । यसले शरीर तथा दिमागलाई उर्जा प्रदान हुन्छ ।

नयाँ काम गर्नुस्

लगातार एकै किसिमको काम गर्नाले पनि थकान महसुस हुने गर्छ । त्यसैले थकान लागेमा केही समयको लागि केही अलग गर्ने प्रयास गरौ । वा गरिरहेको कामलाई छोडेर केही नयाँ काम गर्न थालौ । यसो गर्दा दिमाग केही सक्रिय हुन्छ र थकान भाग्छ ।

गीत, संगीत सुन्नुहोस्

थकान कम गराउने अर्को राम्रो माध्यम भनेको गीत, संगीत हो । आफूलाई मन परेको गीत, संगीत सुनेर पनि थकान कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment