२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ सांसद निर्वाचित भएका छन् ।
शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गरेका हुन् ।
जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाएका छन् भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका छन् ।
यस क्षेत्रबाट विवेकशील साझा पार्टीका पुकार बलमे ४ हजार ४१४ मत ल्याएका छन् ।
यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा जोशीले श्रेष्ठलाई यही क्षेत्रबाट पराजित गरेका थिए ।
श्रेष्ठ नेपाल अोलम्पिक कमिटीका अध्यक्षसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4