Comments Add Comment

ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो

२३ मंसिर, ओखलढुंगा । नेपाली कांग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिट जितेर वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।

संघीय प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए । उनले कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत अन्तरले पछि पारे ।

त्यस्तै ओखलढुंगाको प्रदेश ‘क’मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भए । वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पारे । । संघीय समाजवादी फोरमका नरेश नेम्वाङ २ सय ९९ मत ल्याएर तेस्रो भए ।

प्रदेश सभा ‘ख’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मोहन खड्का विजयी भए । उनले कांग्रेसका प्रदीप सुनुवारलाई १५ हजार ४ सय ४५ मतले विजयी भए । उनले कांग्रेसका सुुनुवारभन्दा १ हजार ७ सय ७४ मत बढी पाएका छन् ।

यससँगै वाम गठबन्धनले ओखलढुंगामा क्लिनस्वीप गरेको हो ।

यस क्षेत्रमा कांग्रेसका विद्रोही उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याएका छन् । कांग्रेसको टिकट वितरणमा असहमति जनाउँदै रुम्दाली स्वतन्त्र उम्मेदवार बनेपछि पनि खड्कालाई जित निकाल्न सहज भएको हो ।

यज्ञराजले जित्दा मेरो पनि जीत भयोः रामहरि

मतपरिणाम आएपछि गठबनधनका सांसदहरुले आफूहरु सबैको साझा भएकालेसबै मतदातालाई जीतको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचित भएपछि यज्ञराज सुनुवारले आफूले जिल्लाबासी सबै नागरिककको साझा सांसदको रुपमा काम गर्ने बताए । उनले उज्यालो ओखलढुंगाको अभियान थाल्ने बताए ।

सुनुवारलाई बधाइ दिन पुगेका कांग्रेसका रामहरी खतिवडाले आफूले नहारेको र लोकतन्त्रको जीत भएको प्रतिक्रिया दिए । उनले विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment