Comments Add Comment

शरीरमा पोषक तत्वको कमीः यस्ता समस्या आउन सक्छ

जंकफूडले शहरिया कुपोषित

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेका नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा ५ वर्ष मुनीका झण्डै ३६ प्रतिशत बालबालिका कुपोषणको शिकार छन् । उनीहरुमा २७ प्रतिशतमा कम तौल तथा १० प्रतिशतमा ख्याउटेपनाको समस्या भएको पाइएको छ । जबकी यो संख्या सन् १९९६ मा ५७ प्रतिशत रहेको थियो ।

नेपालमा ५ वर्ष मुनीका बालबालिकामा जति कुपोषणको समस्या जति भयावह छ, शहरी भेगमा बसोबास गर्ने ५ वर्ष माथिका बालबालिका तथा युवाहरुमा पनि कुपोषण समस्या उत्तिकै भयावह छ ।

बद्लिदो जीवनशैली, गलत खानपान, जंकफुडको अधिक प्रयोग, किटनाशक औषधीको गलत प्रयोगका कारण पनि मानिसहरुले खानामा आवश्यक पोषक तत्व प्राप्त गर्न सकिरहेका छैनन् । जसका कारण मानिसहरुमा कुपोषण तथा पौष्टिक तत्वको कमीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको छ ।

सामान्यतया, शरीरमा पोषणतत्वको कमी भएमा कुपोषण हुनुका साथै शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्छ । कुपोषणकै कारण शरीरमा विभिन्न रोगहरु लाग्ने गर्छ ।

के हो कुपोषण ? किन हुन्छ ?

चिकित्सकका अनुसार खानामा पोषक तत्व नपाउनु वा पौष्टिक तत्व आहार नपाउनु नै कुपोषण हो । मुख्यतयाः जब खानामा पर्याप्त मात्रामा पौष्टिक आहार प्राप्त हँुदैन, तब कुपोषणको समस्या देखिने गर्छ । विशेषगरी जो मानिसले फलफूल तथा हरियो सागसब्जी लगायतका तरकारी पर्याप्त मात्रामा खादैनन् ,उनीहरु सबैभन्दा धेरै कुपोषणको शिकार हुने गर्छन् । कुपोषण भएमा शरीरमा विभिन्न समस्या निम्तने गर्दछ ।

कुपोषणको लक्षण 

पाचन तन्त्रको समस्या

हामी जे खान्छौ, त्यसैबाट हाम्रो पाचन तन्त्र निर्धारण हुन्छ । कमजोर पाचन तन्त्रका कारण कब्जियत, पेट फुल्ने, पखाला लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ११ , बी ८, बी १२ , सी, डी, ई, के, आयरन, सेलेनियम। मैग्नेसियम, जिंक लगायतका स्वस्थ पोषण तत्वको कमीसित सम्बन्धित हुने गर्छ ।

छालाको समस्या

कयौ मानिस छाला सम्बन्धि समस्याबाट धैरै प्रभावित हुने गर्छन् । उनीहरुमा चाउरीपना, दण्डीफोर, दाग, लगायतका समस्या बढी हुने गर्छ । यस्ता समस्या भएमा मानिसहरु छालाको डाक्टरका जाने गर्छन् । जबकी भिटामिन ए, बी ३ , सी, ई, बयोटिन, ओमेग ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वत छुटकारा पाउन सकिन्छ ।

कमजोर प्रतिरक्षा प्रणाली

मजबुत प्रतिरक्षा प्रणालीले विभिन्न बैक्टेरिया, भाइरसका कारण हुनसक्ने संक्रमणबाट शरीरलाई बचाउँछ । मजबुत प्रतिरक्षा प्रणालीले शरीरको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर जब शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, शरीरले विभिन्न रोगसित लड्न सक्दैन, जसका कारण हामी बारम्बार विरामी हुने गर्छौ ।

यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसित सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी,डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम , जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।

कमजोर हड्डी

शरीरमा भिटामिन ए, भिटामिन डसी, डी, क्रोमियम, कैल्सियम, मैग्नेसिय, जिंक, मोलिब्डेनम लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ । हड्डी कमजोर भएमा बालबालिकामा रिकेट्स हुन्छ भने वयष्कहरुमा ओस्टियोमेलेसिया हुने गर्छ ।
हड्डी कमजोर हुन नदिन , दूध, दही, लगायतका पोषण तत्वको सेवन गर्न जरुरी छ ।

कमजोर कपाल

के तपाईको कपाल,रुखो तथा सुख्खा छ ? यस्ता समस्या सदैव धुलो, धुवा, प्रदुषण, गलत स्याम्पूको प्रयोगका कारण मात्र पनि नहुन सक्छ । शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभई कपाल समेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने गर्छ । र, झर्ने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन , क्लोरिन लगायतको पोषकतत्वका कमीका कारण यस्ता समस्या हुने भएकोल यी खानेकुरालाई बेलैमा खाफ्नौ दैनिक खानेकुरामा समावेश गर्न जरुरी छ ।

लगातार ऐठन /खुट्टा बौडिनु

कयौ मानिसमा खुट्टा बौडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । यस्ता समस्या धेरैजसो शरीरमा पोषणतत्वको कमीका कारण हुने गर्छ । शरीरमा मैग्नेसियम, कैल्सियम, पोटासियम लगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ । यस्ता तत्वले मांसपेशीको विकास तथा शरीरीक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यस्ता तत्वको कमीका कारण मांसपेशी र्फकने, तथा खुट्टा तथा पैताला बौडिने गर्छ ।

नङको समस्या
नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी मैग्नेसियम नामक तत्वको कमीका रण नङ आपसे आप टुट्ने गर्छ । त्यस्तै, नङसेतो हुने, नङ्गमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ । यसको पुर्तीका लागि जिंक, मैग्नेसियम लगायतका तत्वको सेवन आवश्यक छ ।

आँखा सम्बन्धि समस्या

कम उमेर चश्मा लगाउनु अहिले सामान्य भैसकेको छ । आँखाका लागि आवश्यक पोषकतत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ । यी कमी पूरा गर्नका लागि क्रोमियम, जिंक, भिटामिन बी ६, बी १२ , ओमेगा ३ लगायतका तत्व आवश्यक छ ।

गिजाबाट रगत आउनु

गिजाबाट रगत आउनु सामान्य समस्या हो । तर यो समस्या ३५ वर्षको उमेर पछि पनि बढेमा भने विशेष सजग हुन आवश्यक छ । किनकी पोषण तत्वको कमीका कारण पनि गिजाबाट खून निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया,पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।

कसरी बच्ने ?

पोषणतत्वको कमीका कारण हुन सक्ने कुपोषणबाट बच्नको लागि  खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोया मिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस , अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको खानेकुरा , रङ्गीवरङ्गी फलफूूल ,लगायतमा भरपूरमात्रा पोषण तत्व पाइने हुदाँ यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment