+
+

अर्थमन्त्री कार्की सुनसरी ४ बाट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ६:३६

२५ मंसिर, धरान । नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।

कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।

कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ ।

तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?