+
+
Shares

अन्जुम भन्छन्-‘बलिउड फिल्म असफल होइनन्, पटकथा असफल हो’

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १२:०२


बिहिबारबाट २ दिनसम्म चल्ने कार्यशालाका गोष्ठीका लागि नेपाल आएका बलिउडका चर्चित लेखक अन्जुम राजाबलीले पटकथा नै चलचित्रको मेरुदण्ड भएको बताएका छन् । उनले जोकमा पनि पटकथाको संरचना हुने बताए ।

उनले भने-‘भारत संसारकै सबैभन्दा बढी चलचित्र निर्माण गर्ने उद्योग हो । तर, कतिवटा चलचित्र हेर्न लायकका हुन्छन् ? कतिवटा चलचित्रले राम्रो व्यापार गर्छन् ? ती सबै चलचित्र असफल भएका होइनन्, पटकथा असफल भएको हो ।’

कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा उनी नेपाल आएका हुन् । काठमाण्डौको पर्यटन बोर्डमा सुरु भएको दुइदिने कार्यशालामा उनले पटकथा लेखनको बिषयमा प्रशिक्षण दिने बताइएको छ ।

चलचित्र राम्रो बन्नका लागि ५० प्रतिशत भूमिका पटकथाको हुने उनले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले ‘सत्याग्रह, चक्रव्यूह, गुलाम, कच्चे धागे, राजनीति, आरक्षण, अपहरण’ जस्ता चलचित्र लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?