Comments Add Comment

प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने दौडमा चार नेता

२ पुस, बिराटनगर । प्रदेश नम्बर १ मा चार जना नेता मुख्य मन्त्रीको भन्ने दौडमा छन् । भोजपुरका शेरधन राई, सुनसरीका भीम आचार्य, मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्कीले प्रदेश नं. १ मा मुख्य मन्त्रीका दाबेदारको रुपमा आएका हुन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु पहिला मुख्यतयः एमालेका पोलिटब्यूरो सदस्य राई र सचिव आचार्यको नाम भावी मुख्य मन्त्रीका चर्चामा आएको थियो । तर, प्रदेश नं. १ मा एमाले एक्लैले स्पष्ट बहुमत ल्याइसकेपछि थप दुई जना पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका छन् ।

मोरङका जीवन घिमिरे र झापाका हिक्मत कार्की पनि मुख्यमन्त्रीको आकांक्षी देखिएका हुन् । उनीहरु दुवै जना एमालेका केन्द्रीय सदस्य हुन् ।

मुख्यमन्त्री बन्ने अा–अाफ्नै दाबी 

चुनाव अगावै मुख्य मन्त्रीको चर्चामा रहेका भोजपुरका शेरधन राई राईले भने एक नम्बर प्रदेशलाई पूर्वाधार, सामर्थ्यका हिसाबमा अब्बल प्रदेश निर्माणका लागि आफूले मुख्यमन्त्रीको दाबी गरेको बताउँछन् ।

‘मुख्य मन्त्रीको पदबाट मेरो लाभ लिने इच्छा र लोभ छैन । म विकास र समृद्धिका लागि इच्छाशक्ति बलियो भएको मान्छे हुँ’, राई भन्छन्, ‘संघीयता कार्यन्वयनसँगै उपयुक्त समयका लागि मैले मुख्य मन्त्रीको दाबी गरेको हुँ ।’

चार वटा जिल्ला रहेको १ नं. प्रदेशमा भौगोलिक र जातीय स्थितिका कारण समेत आफू मुख्यमन्त्रीको लागि उपयुक्त रहेको उनको दाबी छ । राई भोजपुर (ख) बाट २० हजार ३ सय ३४ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यता, सुनसरीका आर्चाय भने केन्द्रिय सचिव भए पनि प्रदेशमा चुनाव लडेकाले आफू नै मुख्य मन्त्रीको दाबेदार रहेको बताउँछन् । उनले दाबी गर्छन्, ‘कुनै पनि हिसाबमा म नै मुख्यमन्त्रीको लागि योग्य व्यक्ति हुँ, मेरो विकल्प अरु हुनै सक्दैनन् ।’

उनी सुनसरी क्षेत्र नं. १ (ख) बाट २० हजार २ सय ११ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बिराटनगरका प्रदेशसभा सदस्य जीवन घिमिरेले पनि आफूले अहिलेसम्म राजकीय पद नपाएको र नखोजेका कारण अबको मुख्य मन्त्री आफैं हुने र यसका लागि विकल्प नभएको बताउँछन् । उनी मोरङ क्षेत्र नम्वर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचत भएका थिए ।

झापाका हिक्मत कार्की पनि आफू मुख्यमन्त्रीको दाबेदारको रुपमा मैदानमा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘धेरै साथीहरु जस्तै मैले पनि केन्द्रिय तहको राजनितिमा रहेर लामो समयदेखि काम गरेको छु । मसँग पनि उत्तिकै अनुभव छ । म पनि प्रदेश सभा सदस्य भएको नाताले मुख्य मन्त्रीको दावेदारका रुपमा मैदानमा छुु ।’

उनी थप्छन्, ‘जोजो साथीहरुको मुख्यमन्त्रीमा अहिले नाम आएको छ, त्यसलाई छलफलको माध्यमबाट टुंग्याएको खण्डमा भने म पनि सहमत हुने हुनेछु, यदी विवाद लम्बिएको खण्डमा मेरो दावेदारी पनि शीर्ष स्थानमा हुनेछ ।’

उनले झापा ५ (क) बाट २४ हजार ९८ मत ल्याए विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment