५ पुस, पोखरा । पोखराको प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी समूह ४५ औं वर्षमा प्रवेश गरेको छ । २०३० साल पुस ५ गते लक्ष्मी मिठाई भण्डार वाट व्यवसायमा हात हालेको लक्ष्मि समूहको हाल १० प्रतिष्ठान स्थापना भइसकेका छन् ।
लक्ष्मी समूहका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ र बुद्धिहादुर श्रेष्ठले २०२६ सालमा घरमै पुष्टकारी बनाएर व्यापार शुरु गरेका थिए । दुई दाजुभाई बुद्धि र गणेश साइकलमा पुष्टकारी बेच्न समेत ठाउँठाउँमा पुग्थे ।
त्यसअघि २०२० सालमा पृथ्वीनारायण क्याम्पसमा टाइपिष्टको रुपमा कार्यरत गणेश २०२३ सालमा भुमी सुधारको खरदार भएर काम गर्न पाल्पा सम्म पुगेका थिए ।
हाल यो समूहले अर्बभन्दा माथिको लागानीमा सुजल डेरी, सुजल फुड्स, सुजल प्लाष्टिक, जया प्याकेजिङ, जया कन्फेक्सनरी, जय माँ टेक्नो सेन्टर सञ्चालनमा गरिरहेको छ ।
लक्ष्मी समूहले निकट भविष्यमै सिद्धि लक्ष्मी सिमेन्ट, सिद्धि लक्ष्मी स्टिलबाट निर्माण क्षेत्रमा पनि हात हाल्दैछ । लक्ष्मी समूहले सञ्चालन गरेका संस्थाहरुमा कुल १ हजार ६ सय कर्मचारी कार्यरत छन् ।
वार्षिकोत्सवको अवसरमा लक्ष्मी समूहले बुधबार विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यकारी अध्यक्ष श्रेष्ठले उद्योगले उद्योगी जन्माउने र उद्योगीले उद्योग नै जन्माउने परिचक्र अनुभुत भएको कार्यक्रममा बताए ।
उनले सानो मिठाई पसलबाट लक्ष्मी हाउस जस्तो प्रतिष्ठित उद्योग स्थापित हुनुमा कर्मचारीको सत्कर्म नै प्रमुख कारण रहेको उल्लेख गरे ।
आफूहरु व्यवसायी मात्र नभएकोले आफ्नो उत्पादन कत्तिको स्वास्थ्यबद्र्धक र गुणस्तर छ भन्नेमा पनि सचेत रहेको अध्यक्ष श्रेष्ठले बताए । हालकै जस्तो अवस्था रहेमा समूहले ६ महिनापछि उत्पादित सामग्री विदेश निर्यात गर्नसक्नेमा समूह आशावादी छ ।
समूहले पोखराको चर्चित बिन्ध्यवासिनी मन्दिरमा विद्युतीय लिफ्ट जडान गरिदिने भएको छ । अपाङ्गता भएका व्यक्ति, अशक्त र ज्येष्ठ नागरिकलाई मन्दिर दर्शनका लागि मन्दिर जान आउन सजिलो होस भन्ने उदेश्यले लक्ष्मी समूहको भातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टल लिफ्ट बनाई दिने घोषणा गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ८० लाखको लागतमा लिफ्ट बनाइने भएको हो । लिफ्टमा १२ जनासम्म चढ्न मिल्ने र ९ सय ६० केजी भारित क्षमता हुने छ ।
मन्दिरको पूर्वोत्तर क्षेत्रमा रहेको बिन्ध्यबासिनी पार्टी प्यालेस नजिकको क्षेत्रबाट मन्दिरसम्म पुग्न सकिने गरी बनाईने लिफ्ट ३३ फिटको हुनेछ भने त्यसमाथी थप १५ फिट उठाएर भ्यू टावर बनाइने भएको छ । लिफ्टमा तल र माथी दुवै ठाउँमा २०/२० जना बस्न मिल्ने वेटिङ ९पर्खने० रुम बनाइने पनि बन्नेछ ।
यससम्बन्धि सम्झौतामा समूहका तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज गिरीले हस्ताक्षर गरेका छन् । यसअघि भाटभटेनी सुपर मार्केटका मिनबहादुर गुरुङ र सरकारले नै लिफ्ट बनाउने समेत तयारी गरेका थिए । गुरुङले दिएको रकम रकम प्रदक्षिणा पथ निर्माणमा खर्च गरिएको बिन्ध्यबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
समूहले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आराम कक्ष निर्माण, विभिन्न क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान, सांगितिक समूहलाई सहयोग तथा रक्तदन कार्यक्रम लगायत सामाजिक उत्तर दायित्वका कामहरु पनि गरेको छ ।
प्रतिक्रिया 4