+
+
Shares

जेरुसेलम विवादमा एक्लिए ट्रम्प, आर्थिक सहयोग रोक्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ६ गते १०:०८

६ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय आलोचनालाई वेवास्ता गर्दै ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए ।

तर, राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ । अमेरिका एक्लिने अवस्था आएपछि मतदान हुनुपूर्व हृवाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उनीहरु सधैं अर्बौं डलरको सहयोग लिन्छन् र हाम्राविरुद्ध मतदान पनि गर्छन् ।’

अघि भने, ‘उनीहरुलाई भोट गर्न दिउँ, हाम्रो लाखौं डलर बच्छ ।’

राष्ट्रसंघमा पेश भएको प्रस्तावमा अमेरिकाको नाम उल्लेख छैन तर, जेरुसेलमबारे लिइएको निर्णय रद्द हुनुपर्ने माग गरिएको छ ।

जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ । एक पवित्र शहर मानिने जेरुसेलममाथि दुबै देशको दाबी छ ।

इजरायलले यसलाई आफ्नो राजधानी मानेको छ भने अमेरिका बाहेकका विश्वका कुनै पनि देशले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?