६ पुस, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको सत्रौं वाषिर्क साधारणसभा वीरगन्जको लिपनिविर्तास्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा सम्पन्न भएको छ ।
कम्पनीका संचालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको अध्यक्षतामा भएको साधाराणसभामा कम्पनीका संचालक नरेन्द्रकुमार वस्न्यात्, शंकरराज पाण्डे र साण्टु श्रेष्ठ लगायत सेयरधनीहरुको उपस्थिती रहेको थियो ।
सभामा कम्पनीको सम्पूर्ण शेयर संख्या मध्ये ९५ प्रतिशत भन्दा वढिको प्रतिनिधित्व रहेको सजानकारी दिइएको छ ।
सभाले कम्पनीको आ.व. २०७३/०७४ को वासलात् नाफा नोक्सान हिसावसहितको नगद प्रवाह विवरण पारित गर्नुका साथ साथै कम्पनीले आर्जन गरेको मुनाफाबाट सम्पूर्ण शेयरधनीलाई नगद लाभंसमा लाग्ने करसहित प्रति शेयर रु.२१.०५ दरले नगद लाभांस वितरण गर्ने निर्णय समेत गरेको छ ।
सभाले कम्पनीका संस्थापक समूहबाट रहिशा शाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्र कुमार वस्न्यात्, सर्वसाधारण समूहबाट शंकर राज पाण्डे र साण्टु श्रेष्ठलाई निर्बिरोध सञ्चालक चयन गरेको निर्वाचन अधिकृत अधिवक्ता रामेश्वर सेढाईले जानकारी दिए ।
निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र उपलब्ध गराउनुका साथ साथै सफल कार्यकालको कामना समेत व्यक्त गरिएको थियो ।
प्रतिक्रिया 4