Comments Add Comment

जाडोमा आर्थराइटिसबाट कसरी बच्ने ?

काठमाडौं । जाडो मौसममा जोर्नीको दुखाई तथा आर्थराइटिसको समस्या त बढ्छ, नै यस सम्बन्धि अन्य समस्यासमेत बढेर जान्छ । यसबाट बच्न केही कुरामा बिषेश ध्यान दिन जरुरी छ ।

आर्थराइटिसका विभिन्न प्रकार हुने गर्छन् । बुढ्यौलीमा हुने आर्थराइटिसलाई ‘आस्टियो आर्थराइटिस’ वा ‘डिजनरेटिव आर्थराइटिस’ पनि भन्ने गरिन्छ । यसैगरी ‘रिहुमाटोइड आर्थराइटिस’मा दुखाई तथा पोल्ने समस्या एक साथ हुनेगर्छ । यसबाहेक ‘गाउट आर्थराइटिस’ युरिक एसिडको असन्तुलनका कारण खुट्टामा सबैभन्दा धेरै हुने गर्दछ ।

आर्युवेदको अनुसार जोर्नीको दुखाईको प्रमुख कारण जोर्नीमा विषाक्त तत्व जम्मा हुनु हो । गलत खानपानकै कारण शरीरमा बिजातीय तत्व, टक्सीन र विषाक्त पदार्थ जम्मा हुन्छ, जसले जोर्नीलाई केही हदसम्म प्रभाव पार्ने गर्दछ ।

एकै साथ डेरी प्रोडक्ट, फ्राइड तथा रिफाइन्ड फूड, नन भेज तथा मदिरापानले स्वास्थ्यमा प्रतिकुल असर पार्छ । ति विषाक्त पदार्थहरु ठूलो आन्द्रामै सड्ने गर्छन् । रगतद्धारा उक्त विषाक्त पदार्थ शरीरभरी फैलिने गर्छ । अन्तिममा उक्त विषदी जोर्नीमा गएर जम्छ ।

आयुर्वेदिक सिद्धान्त अनुसार वात, पित्त तथा कफका कारण तीन किसिमको आर्थराइटिस हुन्छ । वात आर्थराइटिस भएमा जोर्नी सुक्ने गर्छ र चलाउन समस्या हुनथाल्छ । पित्त आर्थराइटिस भएमा जोर्नी सुन्निने गर्छ, र उक्त ठाउँमा पोल्ने तथा दुख्ने गर्छ । कफ आर्थराइटिसमा अधिक खानपान तथा गलत खानपानका कारण हुन गर्दछ ।

आर्थराइटिसको उपचार गर्न सबैभन्दा पहिले ठूलो आन्द्रामा भएको विषाक्त पदार्थलाई सफा गर्नुपर्छ । यसको लागि खानामा दानायुक्त अन्न, फलफूल, सागसब्जी, रेशादार खानेकुरा, तुलसी चिया, हर्बल चिया, मुंगको जाउलो, मुंगको सुरुवा वा दलिया भरपूर मात्रामा खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment