७ पुस, चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् ।
चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए ।
पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा नै राखेर थप अघि बढ्ने उनले बताए ।
राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए ।
‘सरकार गठनका लागि कुुनै समस्या छैन निर्वाचन आयोगले पनि तयारी गर्दैछ’, अध्यक्ष प्रचण्डले भनेका छन् ।
याे पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4