Comments Add Comment

बुद्धले गर्‍यो भी-रक एण्ड कम्पनीसँग सम्झौता

६ पुस, काठमाडौं । बुध्द एयरले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भी-रक एण्ड कम्पनी प्रालिसँग सम्झौता गरेको छ । सम्झौता-पत्रमा बुद्ध एयरका तर्फबाट प्रवन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेत र भी-रक एण्ड कम्पनीका तर्फबाट अध्यक्ष राधेश पन्तले हस्ताक्षर गरेका छन् ।

भी-रक एण्ड कम्पनी पूर्वाधार विकास, वित्तीय सेवा, रणनीति व्यवस्थापन र नेतृत्व विकासमा परामर्शदाताको रुपमा केन्द्रित रहेर काम गर्दै आएको छ ।

पोखरा विमानस्थल निर्माण तथा सञ्चालनपछि हुनसक्ने परिवर्तन तथा विकास सम्भावनाका कार्यहरुको अध्ययनका लागि भी-रक एण्ड कम्पनीले खोज अनुसन्धान तथा सहयोगीको भूमिका निभाउनेछ ।

बुध्द एयरले गरेको अध्ययन अनुसन्धान अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पछि २५ लाख पर्यटक नेपाल भित्रिने देखाएको छ । यसरी भित्रिने पर्यटकहरु केवल पोखरा र अन्नपूर्ण क्षेत्रमा मात्र सीमित हुने छैनन्, उनीहरु समग्र प्रदेश नं। ४ तथा देशका अन्य क्षेत्रहरुमा पनि जान सक्ने थप बाटो खुल्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भ्रमणमा आउने पर्यटकले दश लाख नेपालीलाई दिगो रोजगारिको व्यवस्था गर्नेछ । अहिलेको तथ्यांक अनुसार ३ लाख पर्यटकले वार्षिक पोखरा र अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

बुद्ध एयरको पहलमा भी-रक एण्ड कम्पनीसँगको सहकार्यले उल्लेखित उपलब्धिहरु सुनिश्चित गर्न सकिने अपेक्षा व्यक्त गरेको छ । यो आयोजना आउँदो वर्षको जनवरी १ देखि ९ महिनासम्म सञ्चालन हुनेछ । आयोजनाको अन्त्यमा यसले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment