+
+
Shares

जगदीशलाई सम्झन काठमाडौंका स्रष्टाहरु मन्थलीमा

नवराज पथिक नवराज पथिक
२०७४ पुष ८ गते १८:०४

रामेछाप । साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेलाई सम्झन नेपालका वरिष्ठ साहित्यकारहरु रामेछापको मन्थलीमा भेला भएका छन् ।

जगदीश घिमिरे प्रतिष्ठानले उनकै जन्मथलो मन्थलीमा अयोजना गरेको कार्यक्रममा साहित्यकारहरुहरु जमघट भएका हुन् । साहित्य सभामा देशका झण्डै दुई दर्जन साहित्यकार सहभागी भएका छन् ।

उनीहरुले आफ्ना साहित्यक रचना सुनाउनुको साथै नेपाली साहित्य र सामाजिक क्षेत्रमा जगदिश घिमिरेको योगदानको बारेमा चर्चा गरे ।

कार्यक्रमाम इतिहासविद एवं प्राज्ञ दीनेशराज पन्त, प्राज्ञ ज्ञानु पाण्डे, कथाकारहरु मायाँ ठकुरी, पद्धमावती सिंह, भागिरथी श्रेष्ठ, साहित्यकार ज्ञानुवाकर पौडेले, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, डाक्टर सनदकुमार वस्ती, डाक्टर नवराज लम्साल, जीवनपाणि पोख्रेल, प्रेम ओली, रामबहादुर पहाडी, दिव्य गिरी, त्रीपुरा पौडेल, ठाकुर शर्मा, पूर्वमन्त्री कमला पन्त लगायतको सहभागिता रहेको थियो ।

प्राज्ञ एवं इतिहासकार दीनेशराज पन्तले जगदीह घिमिरे साहित्य र समाज सेवामा विर्सन नसकिने नाम भएको बताए । प्राज्ञ ज्ञानु पाण्डेले घिमिरे वहुआयामिक व्यक्तित्व भएकोमा जोड दिइन् ।

प्रतिष्ठानकी अध्यक्ष एवं जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री कमला पन्थले रामेछाप जिल्ला सामाजिक संस्था मार्फत समुदायमा भएको परिवर्तन पढ्ने खुल्ला विश्वविद्यालय भएको र त्यो विद्यलायको जग जगदीश घिमिरेले राखेको बताइन् । उनले घिमिरेको साहित्य, समाज सेवा र राजनीतिक सुधारको लागि महत्वपूर्ण योगदान रहेको बताइन् ।

कार्यक्रममा काठमाडौंबाट आएका साहित्यकारहरुले कविता, गजल, मुक्तक, कथा लगायतका साहित्यिक रचना बाचन गरेका थिए । साथै रामेछापका श्रष्टाहरु डाक्टर सुमन कर्माचार्य लगायतले पनि कविता बाचन गरेका थिए ।

जगदीश घिमिरेको २०७० साल कात्तिक १४ गते क्यान्सरको कारण ६८ वर्षको उमेरमा निधन भएको थियो । साहित्यकार घिमिरेको अन्तरमनको कथा नामक कृतिले मदन पुरस्कार जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?