Comments Add Comment

धर्मपरिवर्तनको बञ्देजलाई चिर्दै फस्टायो ईसाईकरण

क्रिस्चियन मिसिनरीलाई नयाँ कानूनको डर

९ पुस, काठमाडौं । दुई वर्षअगाडि आएको भूकम्पले सोत्तर पारेको धादिङको रिचेत गाउँका अधिकांश बासिन्दा अझै अस्थाई शिविरहरुमा बाँचिरहेका छन् । त्यहाँ केवल चर्च पुनर्निमाण भएको छ । यसका लागि क्रिस्चियन मिसिनरीहरुले खर्च गरेका छन्, जसको प्रभाव हिन्दूबहुल राज्य नेपालमा निरन्तर बढिरहेको छ ।

धर्म परिवर्तनलाई कानूनले बन्देज लगाएता पनि विगत दुई दशकयता नेपालमा क्रिश्चियानिटी तीव्ररुपमा फैलिएको छ । गहिरोसँग जरा गाडेको छुवाछुत प्रथाबाट उन्मुक्तिको माध्यमका रुपमा पनि यसलाई धेरैले लिएका छन् ।

दुई शताब्दीभन्दा बढी समयदेखि हिन्दू राजतन्त्रले शासन गरेको देशमा सन् २००८ बाट गणतन्त्र आयो । यहाँ बौद्धमार्गीहरुको संख्या पनि उल्लेख्य छ, विशेषगरी उत्तरी पहाडी इलाकामा ।

तर, दुर्गम लापा भ्याली, जहाँ रिचेत अवस्थित छ, मा अहिले क्रिस्चियनको दबदबा बढेको छ ।

पछिल्लो समयमा आफ्नो धार्मिक आस्था परिवर्तन गर्नेमध्ये रिका तामाङ पनि एक हुन्, जो आफ्नी आमा बिरामी परेपछि र एक स्थानीय धामीको उक्साहटमा परेर बली दिएको जनावरको पैसा तिर्न नसकेपछि क्रिस्चियन बनेकी थिइन् ।

‘मसँग जे थियो, त्यो सबै भगवानलाई चढाउनुपर्थ्यो,’ तामाङले भनिन् । उनी अहिले लापा उपत्यकाकी पादरी हुन् ।

उनले अगाडि भनिन्, ‘जब म क्रिस्चियन बनेँ, त्यसपछि मैले केही पनि बली दिनुपरेन । मेरो ठूलो बोझ हलुका भयो,’ उनी भन्छिन् ।

सन् २०११ मा गरिएको जनगणना अनुसार नेपालको २ करोड ९० लाख जनसंख्यामा क्रिस्चियनको अनुपात १.५ प्रतिशत मात्रै छ । तर, क्रिस्चियन समूहहरुले आफ्नो समुदायको जनसंख्या ३० लाखभन्दा माथि पुगेको अनुमान गरेका छन् । स्थानीयहरुका अनुसार जनगणना गर्दा थरका आधारमा धार्मिक आस्थाको बर्गिकरण गरिएकाले धेरै क्रिस्चियनहरु हिन्दू धर्ममा पर्न गएका थिए ।

रिचेत धादिङको उत्तरी भागमा पर्छ, जुन क्रिस्चियानिटीले प्रभूत्व जमाएका नेपालका प्रारम्भिक क्षेत्रमध्ये पर्छ । चर्चहरुको सञ्जालको क्रियाशीलतासँगै क्रिस्चियानिटी नेपालभरि नै अहिले फैलिइरहेको छ । तर, केहीको भनाइ अनुसार गरिबीले आक्रान्त देशमा पैसाको लोभमा परेर क्रिस्चियन बन्नेहरुको संख्या ठूलो छ ।

रिचेतमा भूकम्पको हलचल साम्यमात्रै भएको के थियो, दक्षिण कोरिया र सिंगापुरका मिसिनरी समूहहरुको चहल-पहल सुरु भयो । उनीहरुले क्षतिको सर्भेक्षण गरे र हिँडे । केही महिनापछि गाउँमा रहेको चर्च पुनर्निर्माणका लागि सिमेन्टका बोराहरु आइपुगे ।

नजिकैको काचेत गाउँको कथा पनि यही थियो, जहाँ एउटा दक्षिण कोरियाली मिसिनरीहरुले लगानी गरेको चर्चको निर्माण सम्पन्न हुन लागेको छ ।

‘हामी खुशी भएका छौं कि अब चर्चमा प्रार्थनका लागि जाँदा खुला आकाशमुनि बस्नुपर्ने भएन,’ रिचेतका बासिन्दा अमन तामाङले भने ।

‘तर, यदि हाम्रो घरको पुनर्निमाणका लागि पनि पैसा आएको भए हामी झन् खुशी हुने थियौं,’ उनले थपे ।

बुद्धिष्ट समुदायको बर्चश्व रहेको नजिकैको बोराङ गाउँका अगूवा प्रशान्त तामाङ मान्छे छानि छानि सहयोग वितरण हुँदा समुदायभित्र फाटो आएको बताउँछन् ।

‘क्रिस्चियनहरुले गरिब मानिसलाई समस्या परेका बेलामा सहयोग गरेर धर्म परिवर्तनका लागि घुमाउरो दवाव दिँदा कहिलेकाहीँ विवाद आउने गरेको छ,’ उनले एएफपीलाई भने ।

नयाँ कानूनको डर

धर्मान्तरण नेपालमा लामो समयदेखि अवैध कुरा हो । तर, सन् २०१८ बाट कार्यान्वयनमा आउने नयाँ आपराधिक संहिताले यस्तो कार्यमा संलग्नलाई तीन वर्षदेखि पाँच वर्षसम्मका लागि जेल पठाउने व्यवस्था गरेको छ । यस्तो अपराधमा सजायँ पाएका विदेशीहरुलाई आफ्नो सजायँ भुक्तान गरिएपछि देशनिकाला गरिनेछ ।

अधिकारकर्मीहरुले यो कानूनले तीव्ररुपमा बढिरहेका क्रिस्चियन समुदायलाई धक्का दिन खोजेको बताएका छन् । उनीहरुले यो कानूनलाई पाकिस्तानको कडा धार्मिक कानूनसँग तुलना गरेका छन्, जसको आडमा अल्पसंख्यक समूहहरुमाथि आक्रमण गरिन्छ ।

‘हामीले देखेका छौं कि पाकिस्तानमा त्यो कानूनमाथि कसरी खेलिन्छ । यदि नेपालमा पनि पर्याप्त सावधानी अपनाइएन भने यो कानूनको दुरुपयोग हुन सक्छ,’ क्रिस्चियन सोलिडारिटी वर्ल्डवाइड एड्भोकेसी ग्रुपका दक्षिण एशिया विज्ञ स्टेभन सेल्भराजले भने ।

नेपालमा बढ्दो संख्यामा खुलेका चर्चहरुको सञ्जालले मानिसहरुलाई आकृष्ट गरिरहेका छन् र धेरैको चिन्ता छ कि नयाँ कानून तिनीहरुविरुद्ध प्रयोग हुन सक्छ ।

‘नेपालमा रहेका चर्चहरुलाई यस्तो तवरबाट सिकाइएको छ कि सबै अनुयायीहरुले जिससको सन्देश बोकेर जाउन् र अरुलाई यो धर्मका बारेमा बताउन्,’ काठमाडौंका एक पास्टर टंक सुवेदीले भने, ‘उनीहरुलाई पक्राउ गरेर जेल हालिने वा जरिवाना गराइने खतरा नयाँ कानूनले पैदा गरेको छ ।’

स्रोत – डेलीमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment