+
+
Shares

शव गृहमै राखेर ज्यूँदो मान्छेको उपचार !

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ९ गते १७:१३

९ पुस, झापा । आसामको जुनाइका ५५ वर्षीय नेत्र ओझा सात महिनाअघि आफन्त खोज्दै झापा प्रवेश गरे । आफ्नो घर गौरादहमा भएको बताउँथे, उनी ।

मानसिक स्वास्थ्य समस्या भएका ओझा केही दिनदेखि दमक आसपासमा भौतारिरहेका थिए ।

गत बिहीबार साँझमा इलाका प्रहरी कार्यालय, दमकको टोलीले पूर्व–पश्चिम राजमार्गकको किनारमा उनलाई भेट्यो ।

‘त्यो दिन कतै जानलाई गाडी कुरिरहेका होलान् भन्ने लाग्यो र केही नगरी फर्कियौं’ इलाका प्रहरी कार्यालय, दमकका डिएसपी दिपक गिरी भन्छन्, ‘शुक्रबार बिहान पनि देखेपछि सोधपुछ गर्दा उनको स्वास्थ्य अवस्था पनि ठिक नभएको पायौं । र, आम्दा अस्पतालमा लग्यौं ।’

गिरीका अनुसार त्यसदिन उनले आफ्नो घर गौरादह भएको बताउँथे । तर, उनको बारेमा अन्य कुनै जानकारी प्रहरीले पाएको थिएन ।

वेवारिसे अवस्थामै उनलाई दमकमा रहेको आम्दा अस्पतालमा भर्ना गरिएको थियो ।

शव गृहमा राखेर उपचार !

पहिलो दिन अन्य बिरामीसँगै राखेर उनको उपचार भयो । अस्पताल प्रशासनले बताएअनुसार उनलाई त्यहाँ कार्यरत् कर्मचारीले सरसफाई पनि गरिदिए ।

शव गृहमा उपचारकै क्रममा उनले आइतबार प्राण त्यागे

तर, अझै पनि उनीबाट नमिठो गन्ध आइरहेको थियो । ‘बिरामीहरुले दुर्गन्ध आयो, सँगै राख्न नदिनु भनेर बिरोध जनाए । त्यसपछि उनलाई अर्को तिर सारिएको हो’ हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट नबिन ढकाल भन्छन्, ‘वेवारिशे भनेर अर्कोतिर रेफर त गर्नु भएन । त्यहीँ भएर हामीले अर्को कोठामा राखेर उपचार गरेका थियौं ।’

तर, ओझालाई सारिएको वार्ड अन्य कुनै नभएर त्यहीँ हस्पिटलको शव गृह थियो । यद्यपि, मेडिकल सुपरिटेन्डेन्ट त्यो शव गृह नभएर ‘आइसोलेसन वार्ड’ भएको दाबी गर्छन् ।

अनि, शव गृहमै ओझाले प्राण त्यागे

अस्पतालले नकारे पनि उनलाई राखिएको वार्ड छेऊमा शव गृह लेखिएको बोर्ड नै झुण्ड्याइएको छ ।

बोर्ड नै छ त भन्ने प्रश्नमा झा भन्छन्, ‘हामीसँग शव गृह नभएकाले त्यही वार्डलाई शव गृह बनाउने निर्णय भएको थियो । तर, त्यसलाई शव गृह बनाइहालेका चाहिँ थिएनौं ।’

शव गृहमा उपचारकै क्रममा उनले आइतबार प्राण त्यागे ।

ज्यूँदै मानिसको शव गृहमा राखेर उपचार गराएपछि आम्दा अस्पतालको बिरोध भइरहेको छ । दमक नजिक भएका उनका केही आफन्त अहिले अस्पतालमा पुगेका छन् भने आछामबाट उनका अन्य आफन्त पनि दमकतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?