Comments Add Comment

आइफोन तथा एन्ड्रोइड स्मार्टफोनमा नम्बर ब्लक कसरी गर्ने ?

प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बन्दै जाँदा दैनिक जीवनका धेरै कामहरुमा यसको प्रयोग बढ्दै गएको छ भने यसले आपसी सम्पर्कमा रहन पनि सजिलो बनाएको छ ।

चिठीपत्र लेख्ने, कसैलाई फोनकल गर्नका लागि टेलिफोन बुथमा गएर लाइनमा बस्ने भन्ने जस्ता विगतका यथार्थहरु सुन्दैमा अनौठो लाग्दा कुराहरु बनेका छन् । फोनको लागि भएको यस्तो सजिलोले तपाइँको मनपर्ने मानिसको हकमा त सुनमा सुगन्ध बनाइदियो ।

तर, तपाइँलाई मनै नपर्ने मानिसको हकमा चाहीँ ? जसले आफुलाई फोनै नगरोस् वा जो सँग कुराकानी नै गर्नु नपरोस् भन्ने चाहनुहुन्छ, उसले समेत तपाइँलाई फोन गर्ने सम्भावना झनै बढेर गयो प्रविधिको विकासले ।

हो, मन नपर्ने व्यक्ति वा ठाउँबाट मात्र होइन आजकल तपाइँको फोनमा विभिन्न व्यापारिक तथा ठगी धन्दामा लागेका व्यक्ति वा संस्थाहरुबाट समेत दिक्कलाग्दो गरी फोन आउने गर्छन् । यस्ता अनावश्यक फोनकलहरुबाट कसरी उम्किने वा बच्ने ? यदि यस्ता नम्बरहरुलाई आफ्नो स्मार्टफोनमा प्रतिबन्ध लगाउन चाहनुहुन्छ भने यसो गर्नुस्-

एन्ड्रोइड फोनमा यसरी ब्लक गर्नुस्

– फोन एप खोल्नुहोस् र कल हिस्ट्रीमा जानुस्
– तपाइँले ब्लक गर्न चाहेको नम्बर छानेर त्यसमा केहीबेर थिच्नुहोस्
– त्यहाँ तपाइँले ड्रपडाउन मेनू देख्नुहुन्छ, जसमा बेसिक सर्टकर्ट अप्सन हुनेछ
– उक्त अप्सनमा रहेको ब्लक नम्बर नामक अप्सनमा जानुस्
– त्यसपछि तपाइँले एउटा कन्फर्मेसन मेसेज देख्नुहुन्छ । जसमा लेखिएको हुन्छ you will no longer receive calls or texts from this number
– अन्त्यमा ब्लक अप्सनमा ट्याप गर्नुहोस् र त्यसपछि त्यो फोन नम्बर ब्लक हुनेछ र अब उक्त नम्बरबाट तपाइँको स्मार्टफोनमा फोनकल आउनेछैन

आफ्नो स्मार्टफोनमा कुनकुन नम्बर ब्लक गरिएको छ भन्ने हेर्नका लागि निम्न उपाय अपनाउनुहोस्ः
open phone app> Tap on the three dots on the top right corner > Go to settings > Call blocking

त्यहाँ तपाइँले आफूले ब्लक गरेका नम्बरहरुको सूचि प्राप्त गर्नुहुनेछ । यदि तपाइँले त्यहाँबाट कन्ट्याक्ट डिलिट गर्न चाहेमा उक्त नम्बरमाथि क्लिक गरी त्यहाँ रहेकेा क्रस चिन्हमा थिच्न सक्नुहुनेछ ।

आइफोनमा यसरी ब्लक गर्नुस्

फोन एप खोल्नुहोस् र कल हिस्ट्रीमा जानुहोस्
आफूले ब्लक गर्न चाहेको नम्बरमा जानुहोस् र information मा थिच्नुहोस्
त्यहाँ स्क्रल डाउन गरी Block this caller अप्सनमा ट्याप गर्नुहोस्
त्यसपछि ब्लक अप्सनमा ट्याप गर्नुस्, तपाइँले चाहेको उक्त नम्बर ब्लक हुनेछ ।

आफ्नो आइफोनमा ब्लक गरिएका फोन नम्बरहरु हेर्नका लागिः
go to Settings> Tap on Phone> Blocked

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment