+
+
Shares

कविताःआमाको सेतो साडी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते ११:०३

न झुल्किदै घाम अगावै
आमा त्यो डाँडामा झुल्किएकी हुन्छिन्
एक मुठी भटमासले
आधि रात सम्म पेट धानेर
पिठ्युमा गरीबीको डोकोले
थिचेपछि
उज्यालोमा कहिल्यै छोराछोरीको
अनुहार देख्न पाइनन् ।

समयले कैयौलार्इ ठगेपनि
मेरी आमाको सिन्दुर पोते
उसैदिन लुटेको थियो
जुन दिन
मेरा बा देश मुक्तिको लागि
घर छाडेका थिए

अचेल बेगले
आँगनका डिलबाट हुइकिएका
पँजेरोहरुले
मेरी आमाको सपना उडाएका छन्
धर्तीसँगै,आमाका मनहरु
हल्लाएका छन्  ।

यो देशले मुक्तिको स्वास फेरि पनि
मेरी आमाको सेतो साडी
कहिल्यै फेरिएन

बिचरा !
अभावले बिचल्लित बनाएको मन
भित्रभित्रै आँसुले पुरेर
सन्तानको मन भरेकी छन्

काममा
माइला दाइको भाले नबास्दै
झोलुङ्गोमा बैनीलार्इ सुताएर
कैयौं कोस टाढा पुगेकी आमा
जूनको उज्यालोले बाटो खोज्दै
तिखा ढुंगामा नाङ्गो खुट्टाले कुल्चदै
फर्किदा आँखा भरी आँसु पार्दै
बिर्सिएर पीडाहरु
दु:खलाई पन्छाउदै
सन्तानको भोक मेटाउछिन  ।

आज कैयौ युग बितिसक्दा
कलम कापी ल्याउने आश्वासनमा
हिजो त्यही बाटो हुँदै गएका
मेरा बा
अनि बा गए पछि
आमाको रातो साडी खोलियो
सदनको ढोका खोलियो
तर, बालाई गाउँको ढोला कहिल्यै खोलिएन ।

रामकृष्ण अनायास,कविडाँडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?