+
+
Shares

पाँडे र जिग्रीले दर्शकलार्इ हसाँउदै राष्ट्रभावको सन्देश दिए

विकास मरहट्टा विकास मरहट्टा
२०७४ पुष १४ गते ९:५३

१४ पुस, गोरखा । गोरखामा जारी प्रथम गोरखकाली मेलाको सातौं दिन बिहीवार दर्शकहरु हास्य टेलिश्रृखंला ‘भद्रगोल’ का अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ को पर्खाइमा थिए ।

उनीहरु आउने कुरा अघिल्लो दिन नै उद्घोष भएकाले दर्शकको उपस्थिती मेलामा बाक्लै थियो । मञ्चबाट बारम्वर उनीहरुको नाम उद्घोष भइरहँदा दर्शकहरु उत्साहित हुदै हुटिङ गरिरहेका थिए ।

करिव पाँच बज्नै लाग्दा पाँडे ‘मेरी आम्मै नि !’ भन्दै मन्चमा आएपछि दर्शकको हुटिङले मेला स्थल गुन्जियो ।

‘आमा तिमी महान, महान छ तिम्रो लिला,
तर पनि गोरखा बनाउन किन गर्छाै ढिला’

बिकासले गति लिन नसकेको गोरखा जिल्लालाइ व्यंग्य गर्दै घिमिरेले यही सायरी बाट आफ्नो प्रस्तुती शुरु गरे । उनको यो सायरी भुइमा खस्न नपाउँदै तालिको बर्षात हुन थाल्यो । सायरी मात्रै होइन क्याम्पस पढ्न जाने बिद्यार्थीहरुलाइ व्यंग्य गर्दै उनले यस्तो गीत पनि गाए ।

‘आजकाल मेरो के बस्यो बानी, पढ्न लेख्न ध्यान पनि नजानी,
क्याम्पस पढ्न आउने, सरले उल्टो पढाउने, हामीले खुट्टा चढाउने, यत्रा डराउने’

आजभोलि क्याम्पस पढ्न जाने बिद्यार्थीहरु कुलतमा फस्ने गरेको भन्दै राम्रो कुरा मात्र सिक्न उनले आफ्नो प्रस्तुती मार्फत आग्रह गरे । उनले गीत गाउँदै गर्दा ‘कहाँ हो बोका कराएको भन्दै’ कुमार कट्टेल ‘जिग्री’ मन्चमा उपस्थित भए ।

उनीहरुले आफ्नो प्रस्तुतीमार्फत देशमा बिकराल रुपमा देखिएको बेरोजगार समस्या प्रति व्यंग्य गरेका थिए । देशमै रोजगारको अवसर सृजना गरेर युवाहरुलाइ बिदेश जानबाट रोक्नुपर्ने उनीहरुको सुझाव थियो ।

त्यस्तै आफ्नो मतृभुमि र मातृभाषालाइ बिर्सन नहुने भन्दै देशलाइ माया गर्न प्रस्तुती मार्फत उनीहरुले आग्रह गरे । तराइ मधेस पहाड जहाँको भएपनि हामी सबै नेपाली हो भन्ने सन्देश उनीहरुको थियो । हास्यव्यंग्य प्रस्तुतीमार्फत उनीहरुले देशको बिकाससँगै देशलाइ माया गरेर राष्ट्रियता जोगाउनुपर्ने सन्देश दिएका थिए ।

करिव आधा घण्टाको प्रस्तुतीमा दर्शकहरुले भरपूर मनोरन्जन लिए । पछिल्लो समय चर्चामा रहेका हास्य कलाकार पाँडे र जिग्री को प्रस्तुती हेर्नकै लागि गोरखाका गाउँगाउँबाट मानिसहरु आएका थिए ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?