+
+
Shares

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने

रासस रासस
२०७४ पुष १६ गते १३:४५

१६ पुस, चितवन ।  पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ राष्ट्रिय पोल्ट्री दिवसका संयोजक डा होमबहादुर बस्नेतले यस वर्षको पोल्ट्री दिवसमा पोल्ट्री क्षेत्रको विकाससंग सम्बन्धित गोष्ठी गरिने उनले बताए ।

यसअघि ¥यालीको आयोजना गरिने भएको छ । यसै अवसरमा अाइतबार टाँडीस्थित बकुलहर अस्पतालमा रहेका बिरामीलाई निःशुल्क अण्डा वितरण गरिने उनले बताए ।

पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडको रुपमा मनाउनुपर्छ भन्ने मान्यताअनुरुप नेपाल सरकार पशुसेवा विभाग पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको संयुक्त आयोजनामा रत्ननगरमा समग्र पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको बस्नेतले बताए ।

कार्यक्रममा पोल्ट्री व्यवसायीको समसायमिक अवस्था र गुनासो, मासु र अण्डामा पाइने पोषण तत्वका विषयमा कार्यपत्र प्रस्तुत गरिने नेपाल अण्डा व्यवसायी महाँसंघका अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

पोल्ट्री व्यवसायीको समसायमिक अवस्थाको बारेमा डा रेवन्त भट्टराई र मासु र अण्डामा पाइने पोषण तत्व र मानिसको शरीरमा ती तत्वको आवश्यकताबारे पुष्पाञ्जली अस्पतालका डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने उनले बताए ।

कार्यक्रममा पोल्ट्री व्यवसायीसँग सम्बन्धित ७०० जना सहभागी हुने आयोजकको अनुमान छ । यसअघि तीन पटक चितवनमा र एक पटक झापामा राष्ट्रिय पोल्ट्री दिवस मनाइएको थियो । चितवन पोल्ट्री उत्पादनको हिसाबले अग्रणी जिल्लाको रुपमा छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?