+
+
Shares

इलाम नगरपालिकाले बनायो आफ्नै शिक्षा नियमावली

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते १८:१९

१६ पुस, इलाम । इलाम नगरपालिकाले आफ्नै शिक्षा नियमावली बनाएर लागू गरेको छ ।

इलाम नगरपालिकाको नगरकार्यपालिकाको आइतबार बसेको बैठकले इलाम नगरपालिकाको विद्येयक समितिबाट पेश भएको इलाम नगरपालिका शिक्षा नियमावली २०७४ लाई पारित गरेको छ ।

यो नियमावली पारित भएपछि शिक्षा क्षेत्रलाई नियमन गर्ने नगरको आफ्नै कानून बनेको छ ।

नियमावलीले नगर प्रमुखको संयोजकत्वमा नगर शिक्षासमिति, वडाध्यक्षको संयोजकत्वमा वडा शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा आधारभुत तह परीक्षा सञ्चालन तथा समन्वय समिति, वडाध्यक्षको सिफारिसमा अभिभावक, चन्दादाता, बुद्धिजीवि, समाजसेवीमध्येबाट नगरकार्यपालिकाले मनोनित गरेको ब्यक्तिको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समितिको गठन हुने नयाँ व्यवस्था रहेको छ । यसअघि अभिभावकहरुले चुनेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिने व्यवस्था थियो ।

नियमावलीमा एक सामुदायिक विद्यालय एक बाल विकास केन्द्र अनिवार्य रहने व्यवस्था गरेको छ । नियमावलीमा अनुमति नलिइ शैक्षिक परामर्श सेवा, बि्रज कोर्स, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने ब्यवस्था पनि गरेको नगरपालिका प्रवक्ता ठाकूर श्रेष्ठले बताए ।

१११ वटा नियम र १६ वटा अनुसुचीको ब्यवस्था रहेको नियमावली कार्यान्वयनपछि नगरभरिका विद्यालयहरुमा नयाँ व्यवस्थापन समिति गठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?