Comments Add Comment

पाथीभरा महोत्सव तथा म्याराथन फागुन पहिलो साता हुने

१६ पुस, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार-प्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा यो वर्ष पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथन प्रतियोगिता हुने भएको छ ।

आउँदो फागुन १ गते देखि ३ सम्म विभिन्न कार्यक्रमसहित महोत्सव र पाथीभरा म्याराथन हुन लागेको हो । यस अघिका केहि वर्ष आयोजना गरी स्थगित भएको ३ बर्ष पछि यस वर्ष पुन महोत्सवको तयारी गरिएको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्धन समितिको आयोजनामा आइतवार भएको सर्वपक्षीय छलफलले फागुन १-३ मा पाथीभरा पर्यटन महोत्सव तथा पाथीभरा म्याराथन गर्ने गरी ५०१ सय सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्धन समितिको संयोजकत्वमा पाथीभरा म्याराथन तथा पाथीभरा पर्यटन महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्म रहने छन् ।

मूल आयोजक समितिले प्रस्तावित कार्यक्रमका खाका पनि सार्वजनिक गरेको छ । जस अनुसार माघ २७ गते पाथीभरा धाम र पदमार्गको सफाई गरिने छ भने २८ गते फुङलिङ नगरपालिका, किरातेश्वर र नागेश्वरसहित फुङलिङ बजार भित्रका धाम सफाइ गरिने छ ।

२९ गते फुङलिङ बजारबाट नजिक रहेको पर्यटकीय क्षेत्रको रुपमा विकासउन्मुख चण्डेश्वर धाम सफाइको कार्यक्रम राखिएको छ । माघ २८ देखि फागुन १ गतेसम्म ३ हजार ७ सय ९४ मिटरको पाथीभरा मन्दिरमा सन्ध्याकालीन दीप प्रज्वलन तथा भजन किर्तनको कार्यक्रम राखिएको छ ।

महोत्सवको सुरुदिन फागुन देखि ३ गते तीनैदिन पाथीभरा धाम, किराँतेश्वर धाम,नागेश्वर धाम र चण्डेश्वर धाममा बिभिन्न भजन मण्डलीको सहभागितामा सन्ध्याकालीन दीप प्रज्वलन तथा भजन किर्तन आयोजना गरिएको छ । पाथीभराको महिमा बढाउन कार्यक्रम राखिएकोले अधिकांश कार्यक्रम धार्मिक रहेको मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवको पहिलो दिन फागुन १ गते तोमेडाँडाबाट बिभिन्न साँस्कृति समूह तथा व्यक्तिको सहभागितामा सिद्धिडाँडामा रहेको चण्डेश्वर धाम सक्क कलश यात्राको कार्यक्रम राखिएको छ ।

सोही दिन बिहान ११ बजेपछि मूल कार्यक्रम स्थल नयाँ रणभीम गुल्मको खेलमैदानमा कृषि मेला प्रदर्शनी, औधोगिक तथा हस्तकला तथा सील्पकला प्रर्दशनी,खाद्य परिकार महोत्सव,साँस्ककृति कार्यक्रम र सुकेटारदेखि तोक्मेडाँडा व्यारेकसम्म प्याराग्लाइडिको कार्यक्रम राखिने छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थितिमा लोक तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको छ । मौलिक परम्पराको धान नाच तथा च्याब्रुङ नाचसहित बिभिन्न जाति जनजातिको जातीय संस्कृति झल्कने लोक सांगीतिक कार्यक्रमको समेत आयोजना गर्न प्रस्ताव गरिएको छ ।

फागुन ३ गते बिहान ७ः३० बजे खुल्ला म्याराथन तथा ८ बजे महिला हाफ म्याराथन कार्यक्रम आयोजना हुनेछ ।

खुल्ला म्याराथन तोक्मेडाँडाबाट पाथीभरा मन्दिर पुगेर पुन तोक्मेडाँडासम्म र्फकने दूरीमा हुने छ भने महिला हाफ म्याराथन तोक्मेडाँडाबाट पाथीभरा प्रबेश भालुगौंंडे पुगेर पुन तोक्मेडाँडा र्फकने गरी तय तरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment