+
+
Shares

पाँच अस्पतालविरुद्ध ठगीमा मुद्दा चलाउन प्रहरीलाई आपूर्ति विभागको पत्राचार

नर्भिकदेखि इशान हस्पिटलबिरुद्ध मुद्दा दर्ता

सुवास भट्ट सुवास भट्ट
२०७४ पुष १७ गते १८:००

१७ पुस, काठमाडौं । स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ ।

विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध ठगी मुद्दामा थप छानविन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुमा पठाएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजार अनुगमनका क्रममा विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको बताए ।

‘विभागले आफ्नोतर्फबाट अध्ययन गरी त्यसको फाइल प्रहरीमा पठाएको छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘अब प्रहरीले आफ्नो तर्फबाट अध्ययन गरी कारवाही प्रक्रिया अघि बढाउँछ ।’

विभागले गत मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

बजार अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले ‘डाक्टर एण्ड नर्सिङ केय’ र ‘नर्सिङ केयर’ चार्जको नाममा अतिरिक्त शीर्षक थपेर विरामीबाट थप शुल्क असुलेको भेटिएको थियो । बी एन्ड बी हस्पिटलले बेड सर्भिस चार्जका नाममा विरामीबाट अतिरिक्त शूल्क असुलेको देखिएको थियो । त्यस्तै, न्यूरो र नर्भिकले पनि विरामीबाट अतिरिक्त सर्भिस चार्ज लिएको पाइएको थियो ।

यो पनि पढ्नुहोस्

ठूला अस्पतालको लुटः बिरामीसँग गैरकानूनी शुल्क उठाउँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?