Comments Add Comment

प्रदेश राजधानी माग गर्दै विराटनगरमा रिले अनसन

१८ पुस,विराटनगर । प्रादेशिक राजधानीको माग गर्दै मंगलबारदेखि बिराटनगरमा रिले अनसन सुरु भएको छ ।

विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्ने माग गर्दै मोरङ मुुस्लिम समाजले रिले अनसन सुरु गरेको हो ।
समाजले विराटनगरको वि प्लटमा अाइतबार अपरान्हबाट २४ घण्टे रिले अनसन सुरु गरेको हो ।

मोरङ मुस्लिम समाज तथा मुस्लिम अगुवाहरुले विराटनगरलाई प्रदेशको राजधानी बनाउन दवाव स्वरुप शान्तिपूर्ण आन्दोलन सुरु गरेको समाजका प्रवक्ता वासिम आलमले जानकारी दिए ।

रिले अनसनमा मुस्लिम समाजका अध्यक्षसहित पाँच पदाधिकारीको सहभागिता रहेको छ ।

नेपाल सरकारले विराटनगरलाई प्रदेश नं. १ को राजधानी घोषणा नगरेसम्म रिले अनसन जारी रहने समाजले जनाएको छ ।

मंगलबारबाट सुरु गरिएको अनसनमा अध्यक्ष मण्डलका सदस्य ताजिम अहमद, साहेव अहमद गुडु, सचिवालय सदस्य मोहमद्ध नसरुल तथा समाम आलमको सहभागिता रहेको छ ।

समाजले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेश नं. १ को राजधानी विराटनगर बनाउनुपर्ने माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायमार्फत ज्ञापनपत्र वुझाएको थियो ।

सरकारलाई विराटनगर प्रादेशिक राजधानी वनाउन दवाद दिने उदेश्यले दुई दिन अघि उद्योगी व्यवसायीको अगुवाइमा विराटनगरमा वृहत र्‍याली निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment