Comments Add Comment

स्तनपान गराउने आमाहरुले थाहा पाउनैपर्छ यी ८ कुरा

‘आमाको दुध बच्चाका लागि अमृतसमान हुन्छ ।’ हामीले सुन्दै आएको कुरा हो । आमाको दुध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरुको शरीरिक-मानसिक विकासका लागि अपरिहार्य हुन्छ ।

यतिबेला धेरैको घरमा नयाँ सदस्य भित्रिएको होला । खासगरी पहिलो बच्चा जन्माएका आमाहरुले बच्चालाई स्तनपान गराउने बारेमा केहि कुरा जान्नैपर्छ । किनभने उनीहरु यसमा अभ्यस्त भइसकेका हुँदैनन् ।

बुँदागत हिसाबले भन्नुपर्दा स्तनपान आमाले ख्याल गर्नैपर्ने केहि कुरा छन् ।

–     आमाको दुध नै बच्चाको सम्पूर्ण आहार भएकाले आमाले पनि पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा खानुपर्छ ।

–     झोलयुक्त पदार्थ, ताजा फलफूल सेवन गर्नुपर्छ ।

–     मदिरा वा धेरै पिरो अमिलो खानेकुरा सेवन गर्नु हुँदैन ।

स्तनपानको क्रममा गरिने सानातिना गल्तीले बच्चाको स्वास्थ्यमा असर गर्न सक्छ । स्तनपानको सही जानकारी नहुँदा शिशु कुनै इन्फेक्सनको शिकार बन्न सक्छ । र, आमाको स्वास्थ्यमा पनि कुनै प्रकारको नकारात्मक असर पार्नसक्छ ।

१. कसिलो ब्रा नलगाउने

स्तनपान गराउने महिलाहरुले कहिले पनि कसिलो ब्रा लगाउनु हुँदैन । किनकी स्तनपानको दौरानमा तपाईंको स्तन अरु बेलाको तुलनामा अत्यधिक संवेदनशील हुन्छ । केही बेर कसिलो ब्रा लगाउँदा पनि स्तनमा धर्साहरु देखिन सक्छन् । स्तनपान गराउने आमाहरुका लागि नर्सरी ब्रा पाइन्छ । यसका अगाडिको बटन खोलेर आफ्नो शिशुलाई स्तनपान गराउन सकिन्छ ।

२. दुधको मुन्टो सफा राख्ने

कतिपय महिलाहरु आफ्नो शिशुलाई जहाँ पनि र जति बेला पनि दुख खुवाइदिन्छन् । जबकि दुध खुवाउनुभन्दा अगाडि निप्पललाई राम्रोसँग मन तातो पानी, कटन वा टिस्यूले सफा गर्नुपर्ने हुन्छ । हातहरु जस्तै निप्पल र स्तन पनि फोहोर हुन्छन् । जसरी तपाईं खाना खानुभन्दा अगाडि हात धुनुहुन्छ, त्यसैगरी शिशुलाई दुध खुवाउनुभन्दा अगाडि निप्पल सफा गर्नुपर्छ ।

३. मालिस गर्ने

स्तनपान गराउँदा अक्सर महिलाहरुलाई स्तनमा गाँठागुठी निस्किने समस्या हुन्छ । यसको समाधानका लागि दैनिक स्तनको मसाज गर्नुपर्छ । यसबाट स्तनमा रक्तसञ्चार तीव्र हुन्छ जसले गर्दा दुधको गाँठो बन्न पाउँदैनन ।

४. दुधको मुन्टोमा घिउ

लामो समय स्तनपान गराउँदा महिलाहरुलाई निप्पलमा दुखाई सुरु हुन्छ । यसबाट बच्नका लागि निप्पलमा घ्यू दल्ने गर्नुस । यसले निप्पललाई सुख्खा हुन दिँदैन र चिसोपना बनाइराख्छ । यसो गर्दा बच्चाले लामो समयसम्म दुध चुस्दा पनि कुनै दुखाई महसुस हुँदैन । साथै स्तनपान गराइसकेपछि बच्चाको थूकलाई निप्पलमा लागिरहन दिनुस । यले कुनै प्रकारको हानी गर्दैन । यदि स्तनमा रौं उम्रेका छन् भने स्तनपान गर्नुभन्दा अगाडि यसलाई हटाउनु राम्रो हुन्छ ।

५. स्तनमा साबुन नलगाउने

स्तनपान गराउने महिलाहरुले नुहाँउदा कहिले पनि स्तनमा साबुन दल्नु हुँदैन । किनकि साबनुमा हुने केमिकलले तपाईंको निप्पललाई कठोर र सुख्खा बनाउन सक्छ । केवल तातोपानीले स्तनलाई सफा गर्नु राम्रो हुन्छ ।

६. स्तनमा गाँठोको कारण

कहिलेकाहीँ स्तनपानका दौरान स्तनमा गाँठा निस्किन्छ । दुध स्तनको कुनै भागमा जम्मा हुँदा यस्तो हुन्छ । पछि गएर यसले ठूलो रुप लिन पनि सक्छ । त्यसैले डाक्टरलाई जँचाउनु राम्रो हुन्छ ।

७ सय क्यालोरी हुन्छ खपत

सायद धेरै आमाहरुलाई थाहा छैन होला कि स्तनपान गराउँदा एक पटकमा पाँच सय क्यालोरी खपत हुन्छ । यसको अर्थ हो स्तनपान गराउँदा आमाहरु सजिलसँग क्यालोरी कम गर्न सक्छन् ।

८. स्वस्थ खानेकुरा खानुपर्छ

स्तनपान गराउने महिलाहरुले स्वस्थ खानेकुरामा बढिभन्दा बढि सेवन गर्नुपर्छ । किनकी आमाले खाएको खानेकुरा दूध बनेर बच्चासम्म पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment