Comments Add Comment

सिनियर मिटर रिडरको जागिर लगाइदिने भन्दै १० लाख ठग्ने वकिल पक्राउ

२० पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सिनियर मिटर रिडर पदमा जागिर लगाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको बालन गाउँपालिका घर भइ हाल कोटेश्वर बस्दै आएका ३७ वर्षीय जयप्रकाश दास र सिरहाको भगवानपुर गाउँपालिका घर भइ हाल बानेश्वरको शान्तिपनगरमा बस्दै आएका ४३ वर्षीय अशोककुमार मुखिया छन् ।

दास कानुन व्यवसायी समेत हुन् ।

विद्युत् प्राधिकरणले सिनियर मिटर रिडर पदमा आवेदन माग गरेकोमा आवेदकसँग उनीहरुले आफू श्रम मन्त्रालयको कर्मचारी भएको भन्दै नाम निकालिदिने र त्यसवापत उक्त रकम दिनु पर्ने बताएका थिए ।

बैंक खातामा रकम जम्मा भएपछि दुवै जना सम्पर्कबिहीन भएका थिए । अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ठगीजन्य कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दा अन्तरगत अनुसन्धान अघि बढाएको छ ।

उनीहरुले अन्य व्यक्तिसँग समेत ठगी गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment