Comments Add Comment

चिसोले सर्लाहीमा पाँच वर्षीय बालकको मृत्यु

२६ पुस, सर्लाही । अत्याधिक चिसोले कठ्यांग्रिएर सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा एक बालकको ज्यान गएको छ ।

ब्रम्हपुरी-६ नोकैल्वाका तेतर माझीका ५ वर्षीय छोरा होरिलको बुधवार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक बढेको चिसोका कारण न्यानो कपडाको अभावमा माझीको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी चन्द्रकिशोर साहले बताए ।

चिसोले कठ्यांग्रिएर सिकिस्त बनेका माझीको उपचारको लागि चिकित्सक बोलाउन गएको र चिकित्सक आउँदा आउँदै बालकको ज्यान गएको स्थानीयवासीले जनाएका छन् ।

सानो फुसको झुप्रोमा बस्दै आएको माझीको चिसोकै कारण मृत्यु भएको हुने सक्ने अनुमान प्रहरीले गरेको छ । चिसोले मृतकका आमा पनि बिरामी भएको र उनको उपचार भइरहेको स्वास्थ्यकर्मी साहले बताए ।

लगातारको चिसोले गर्दा सबैभन्दा बढी विपन्न वर्गका बृद्ध र बालबालिका प्रभावित छन् । चिसो हवासँगै गएराती देखिनै सर्लाहीमा शीतलहर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment