आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

गणतन्त्रपछि पहिलोपटक मनाइयो ‘बडामहाराजा’को जन्मदिवस

पृथ्वीनारायणको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

Suzuki
अनलाइनखबर

२७ पुस, काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ ।

विहीवार राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गर्न पुग्दा सेनाको टुकडी सलामीसमेत अर्पण गर्‍यो । गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो ।

नेपाल एकीकरणपछि शाहबंशीय राजतन्त्रका संस्थापक बडामहाराजाधिराजका नामले इतिहासमा चर्चित पृथ्वीनारायण शाहको जन्मदिनलाई राज्यले नै एकता दिवसका रुपमा पुनः मनाउन थालेको हो ।

सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो ।

नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

२०७४ पुष २७ गते १९:१२ मा प्रकाशित (२०७४ पुष २८ गते १२:२४मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१६ प्रतिकृयाहरू प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १३:१६

    उनले गरेकेा काम र नेपाल एकिकरणकेा अभियान सम्झन लायक छ । जय पृथ्वि नारायणा शाह । हामि तिमिलाइ कहिल्यै भुल्ने छैनैा ।

    37
    2
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १३:५२

    घैटामा घाम लाग्न बार्ह बर्ष लाग्दोरहेछ !

    30
    2
    Share

  • Ashim लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १४:१७

    Nepaliko budhhi pachhi aauchhha vaneko yehi ho..!

    4
    1
    Share

  • rohit ram लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १४:१८

    He is real HERO of Nepal. We are proud of being Nepalese due to HIM only. Today is the Happiest Moment for us. SALUTE to HIM. Jay Nepal.

    22
    2
    Share

  • Deepak लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १४:३६

    जनताले गणतन्त्रको सङ्घर्ष एकल जातीय, भाषिक, धार्मिक र क्षेत्रका ‘हेजिमोनी’ प्रभुत्व हटाएर मुलुकलाई सबैको साझा बनाउन गरिएको हो । राष्ट्र बन्न नसकेको राज्यलाई राष्ट्र बनाउन भएको हो । सङ्घर्षको पहिलो कदम एकल जातीय प्रभुत्वको केन्द्र राजसंस्था हटाउनु थियो । त्यसमा जनता सफल भए पनि तर त्यसभन्दा बढी कुनै उपलब्धि र उन्नति गर्न सकिएन । अन्ततः गणतन्त्रको आवरणभित्र जित्नेले नै शासन गर्ने गरी संविधान बन्यो । जित्नेहरूकै पुर्खा पृथ्वीनारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकताको दिन मानियो । -c0py paste

    11
    29
    Share

  • Bijay लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १५:०९

    Ekdum Ramro lagyo.

    15
    3
    Share

  • pitamber Aryal लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १५:३३

    देश एकिकर्न गर्नेलाई आज बल्ल देश खदिकृत गर्न ले सम्झेकोमा धेरै धेरै धन्यवद छ ।

    27
    3
    Share

  • pitamber Aryal लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १५:५३

    नेपालको एकिकरण गर्ने राष्ट पिताको रुपमा रहेका पृथ्वी नारायण शाहको आज जन्म दिन मनाउन गणतन्त्र नेपालको राष्ट्रपति जानु भएकोमा नेपाल आमा पनि आज खुशी भएको मैले ठानेको छु ।

    29
    3
    Share

  • Anil shrestha लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १६:४५

    K ganantra aaya pachi raja ko samman garnu dudai na bhan na khojay ho? Samacha lekhda purai hightlight garayra sampraysan garnu bhaya na patrakar saathi haru lay. Ani pritivi jayanti ja ja tantra aaya pani manencha kina ki prithivi narayan shah raja ho bhayara hoena… nepal ko yekikaran garay ra ho… yo news ko heading lay ta. Ganantra pachi pani raja ko samman gardai chan bhanay ra.

    0
    1
    Share

  • Dabalchand Thakuri लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:३२

    Jai nepalपुस, काठमाडौं । नेपालमा शाहवंशीय राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ

    18
    2
    Share

  • Khemraj Dhakal लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:५८

    Aja nepali vako ma ramro lageko cha bala

    19
    1
    Share

  • Sudarshan pokhrel लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते १८:५९

    Rajtantra ante vhako chhaina ra rajtantra nai hunu parchha Nepal ma ye neta haru k kam yektantra nai thik hun6

    1
    0
    Share

  • कुमार लेख्नुहुन्छ    |   २०७४ पुष २७ गते २०:५८

    जाे सुकै हाेस गुन गरेकाेलाई कहिल्यै बिर्सन हुन्न भन्ने कुराे गणतन्त्रले न मान्नु भनेर कहाँ लेखिएकाे छ । माअाेलाई मान्ने, लेनिनलाई मान्न् तर हामीलाई नेपाली हाैं भन्ने चिनारी दिनेलाई बिर्सने । याे कदापी हुनु हुदैन थियाे, गल्ति सच्च्याएकाेमा उन्ले हामी सबैलाई माफ गर्नेछन । पृथ्विनारायण शाह ।जय नेपाल ।

    4
    1
    Share

  • Toran Pratap KC लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ५:५५

    He is real uunified HERO of Nepal. We are proud of being Nepalese due to Late King Prithvi Narayan Shah. Today is the Happiest Moment for all Nepalese people. SALUTE to HIM. Jay Nepal.

    1
    1
    Share

  • Tekendra mishra लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ८:२८

    Nepal ko paisama prithvi narayan shah ko foto hunu prx

    2
    1
    Share

  • Soorya Shrestha लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते ९:०३

    Dasatwa manobritti.

    2
    3
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this