Comments Add Comment

महत्वपूर्ण हिन्दु शास्त्र मनुस्मृति, जसले जातभातको भेद गर्दैन

मनुस्मृतिलाई हिन्दु शास्त्रमा सबैभन्दा महत्वपूर्ण ग्रन्थ मानिन्छ । यो ग्रन्थ मानव, धर्म तथा शास्त्रको मिश्रण हो । यस ग्रन्थमा उल्लेख गरिएका तमाम उपदेश मनुद्वारा रचिएको थियो । हिन्दु मान्यता अनुसार मनुस्मृति भगवान ब्रम्हाको वाणी हो ।

समाजको संचालनका लागि जुन व्यवस्था दिइएको छ, त्यो सबैको संग्रह मनुस्मृतिमा छ । अर्थात मनुस्मृति मानव समाजको प्रथम संविधान हो । न्याय व्यवस्थाको शास्त्र हो । वेदमा कानून व्यवस्था वा न्याय व्यवस्थाको कर्तव्य व्यवस्था पनि भनिन्छ । त्यही आधारमा मनुले सरल भाषामा मनुस्मृतिको निर्माण गरे । वैदिन दर्शनमा संविधान वा कानूननको नाम नै धर्मशास्त्र हो ।

वर्तमान समयमा हामी जुन कुरालाई धर्म भनिरहेका छौ, वास्तवमा त्यो संम्प्रादय हो । धर्मको अर्थ हो, मनुष्यता, मानवता । मानवता नै मनुष्यका एकमात्र धर्म हो । हिन्दु, मुस्लिम, ईसाई, बौद्ध, सिख आदि धर्म होइन, संम्प्रादय हो ।

संस्कृत भाषाको धर्म शब्दको पर्यायवाची संसारको अरु कुनैपनि भाषामा छैन । भ्रमपूर्वक अंग्रेजी भाषाको ‘रिलीजन’ शब्दलाई धर्म मानिएको छ, जो नितान्त गलत छ । यसको सही अर्थ हो, संम्प्रादय । धर्मसँग मिल्दोजुल्दो कुनै अंग्रेजी शब्दले ‘ड्युटी’ भन्ने जनाउँछ । कानून ड्युटी अर्थात कर्तव्यको कुरा हो ।

मनुले कर्तव्य पालनमा सबैभन्दा बल दिएको छ । त्यही कर्तव्यशास्त्रको नाम मानव धर्मशास्त्र वा मनुस्मृति हो । मनुस्मृतिको आधारमा त्यसभन्दा अघि बढेर महषिर् यज्ञवल्क्यले धर्मशास्त्रको निर्माण गरेका थिए, जसलाई यज्ञवल्क्य स्मृति पनि भनिन्छ ।

जातभातको कुरा छैन

मनुस्मृति न दलित विरोधी छ, न ब्रम्हाणवादको बढाव दिने खालको छ । यसले केवल मानवताको कुरा गर्छ । र, मानविय कर्तव्यको कुरा गर्छ । मनुले कसैलाई दलित मान्दैन । दलित शब्द प्राचीन संस्कृतिमा पनि छैन ।

चार वर्ण जाति नभएर मनुष्यको चार श्रेणी हो, जो पूर्ण रुपमा योग्यतामा आधारित छ । प्रथम ब्राम्हण, दोस्रो क्षत्रिय, तेस्रो वैश्य र चौथो शूद्रा ।

वर्तमान सन्दर्भमा हामीले देखेका छौ कि शासन-प्रशानस संचालनका लागि चार श्रेणी नै छुट्याइएको हुन्छ, प्रथम, द्वितीय, तृतीय र चतुर्थ ।

धर्मको आधारमा कसैको जात हुँदैन । मनुस्मृतिले सबै मानिसलाई एकै मानेको छ । त्यसको दुई भेद छ, पुरुष र महिला ।

पहिलो पुरुष मनु

हिन्दू धर्म शास्त्र अनुसार विश्वमा सबैभन्दा पहिला आएका व्यक्ति हुन्, मनु । यी मानिस सृष्टिका निर्माता ब्रम्हाजीको मनस संकल्पबाट उत्पन्न भएका थिए । यहि मनुले मानिसका सामाजिक-धार्मिक विधि संहिताको रचना गरेका थिए, जसलाई ‘मनुस्मृति’ नामले जानिन्छ ।

पहिलो स्त्री

जसरी दुनियामा पहिलो पुरुष आएका थिए, उसैगरी पहिलो स्त्रीको जन्म पनि ब्रम्हाले गरेका थिए । उनलाई शतरुपाको नामले चिनिन्थ्यो । यहि स्त्रिको आगमनपछि मनुस्मृतिमा स्त्रीको चरित्र, उनको हावभाव लगायत सम्पूर्ण रुपको परिभाषित गरिएको छ ।

स्त्रीको सत्कार

मनुले स्त्रीलाई समाजको एक महत्वपूर्ण स्थान दिइएको छ । के भनिएको छ भने, जुन समाजमा महिला वा स्त्रीको सम्मान हुन्छ, त्यहाँ प्रगति हुन्छ ।

मनुले स्त्रीको रक्षा गर्न भनेको छ । मनुस्मृतिमा वणिर्त एक श्लोक अनुसार एक स्त्रीलाई पुरुषले सुरक्षित गर्नुपछृ । जब एक बालिका हुन्छ, उनको रक्षाको जिम्मेवारी पिताको हुन्छ । विवाहपछि उनको रक्षा पतिले गर्नुपर्छ । यदि उनी विधवा भएमा पुत्रले यो जिम्मेवारी लिनुपर्छ । अर्थात सदैव स्त्रीलाई रक्षा गर्नुपर्छ ।

कन्यका लागि योग्य बर

अहिलेको समाजमा हामी योग्य कन्या खोजी गर्छौ । मनस्मृति यसको ठीक विपरित भन्छ । मनु भन्छ कि, सधै कन्यको लागि योग्य बर खोज्नुपर्छ । मनुले स्त्री शिक्षालाई एकदमै महत्व दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment