+
+

दरबारमार्गको होटलमा कौडा खेल्ने २७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३० गते १५:०५

३० पुस, काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गको एक होटलमा कौडा खेलिरहेका २७ जनालाई पक्राउ गरेको छ ।

आइतबार होटल ल्याण्ड मार्कको तेस्रो तलामा कौडा खलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट नगद ३ लाख ८९ हजार ५ सय २० रुपैयाँ, १ सय अमेरिकन डलर र १६ थान कौडा बरामद गरेको छ ।

यसैबीच, ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीमा कान्छामान लामाको नामक व्यक्तिको घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

उनीहरुलाई ६ बुक तास र नगद ८० हजार ६ सय ४० रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?