Comments Add Comment

पाथीभराको भेटीमा हानथाप, गृहको पत्रले तरंग

१ माघ, ताप्लेजुङ । नेपाली उखान नै छ, ‘धन देखेपछि महादेवको पनि तीन नेत्र !’ पूर्वकै प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यो आहान चरितार्थ भएको छ ।

मन्दिरमा भक्तजनले चढाएको भेटीका लागि दुई समितिबीच लामो समय हानाथाप भइरहृयो । अहिले गृह मन्त्रालयले मन्दिरको भेटी ‘पाथीभरा क्षेत्र विकास समिति’ को खातामा जम्मा गर्न भनेपछि स्थानीय समितिमा तरङ्ग नै पैदा भएको छ ।

स्थानीय समिति नै अवैधानिक !

लामो समयसम्म पाथीभरको भेटी संकलन र व्यवस्थापनको काम २०५१ सालमा गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।

दुई दशकसम्म संकलन भएको भेटी विभिन्न बैंकमा जम्मा गरिएको समितिले बताएको छ । तर, त्यसमाथि सार्वजनिक रुपमा प्रश्न उठे्दै आएको थियो ।

पछिल्लो समय सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समितिले पनि भेटीमाा चासो देखाएको छ । समिति २०५३ सालमै गठन भएको थियो तर, पछिल्लो चार वर्षदेखि सक्रिय भयो र मन्दिरको भेटी सरकार मातहतमा ल्याउन पहल थाल्यो ।

दुईर् समिति भेटीमा केन्द्रीत भएपछि मन्दिर क्षेत्रको विकास निर्माणको काम प्रभावित भएको छ ।

विवादपछि दुवैैलाई मिलाएर एउटा समिति बनाउने र त्यसले भेटी संकलन गर्ने निर्णय भयो । स्थानीय समितिका रणबहादुर कार्कीको संयोजकत्वमा सरकारी समितिका कार्यकारी निर्देशक उदय भट्टराई सदस्य सचिव रहने गरी भेटीघाटी व्यवस्थापन समिति बन्यो । त्यही समितिको खातामा भेटी जम्मा हुन्छ तर, यो न अहिलेसम्म कहिँ दर्ता भएको न कुनै समिति मातहत नै आएको छ ।

समितिको खातामा अहिलेसम्म १ करोड ४० लाख बढी रकम संकलन भएको छ । यो समितिले नै कर्मचारी र पाथीभराका पुजारीलाई तलब दिने क्रम चलिरहेको छ ।

सरकारी पत्रले तरंग

स्थानीय र सरकारी समिति मिलेपछि पाथीभराको भेटी विवाद सम्त्य साम्य भएको मानिएको थियो । तर, सरकारले हालै गरेको निर्णयले स्थानीय समितिमा तरङ्ग पैदा भएको छ ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मोहन जिसीलाई पत्र लेखेर पाथीभराको भेटी ‘पाथीभरा क्षेत्र विकास समिति’ को बैंक खातामा जम्मा गर्न निर्देशन दिएको छ ।

स्थानीय समितिमा भेटी जम्मा गर्दा पारदर्शी नभएको आशंकामा सरकारले हस्तक्षेप गरेको बताइन्छ ।

प्रमुख जिल्ला अधिकारी जिसीले मन्त्रालयको पत्रअनुसार भेटी संकलन अघि बढ्ने बताए । तर, स्थानीय समिति भने भेटी सरकारलाई बुझाउन तयार देखिएको छैन ।

भेटीघाटी व्यवस्थापन समितिका संयोजक कार्की, जो स्थानीय समितिका उपाध्यक्ष पनि हुन्,भन्छन्,पहिला संकलन भएको भेटी त हामी दिँदैनौं न पछिल्लो पटक जम्मा भएको भेटीमा पनि हाम्रो दाबी रहन्छ ।’

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिसँग करिव १ करोड रकम छ भने पछिल्लोभेटीघाटी व्यवस्थापन समितिसँग १ करोड ४० लाख बढी रकम छ ।

पाथीभरामा कति छ सुनचाँदी ?

पाथीभरामा तीर्थयात्रीले भाकलअनुसार भेटी मात्र नभई ठूलो मात्रामा सुन, चाँदी पनि चढाउँछन् । तर, हालसम्म कति सुनचाँदी संकलन भएको छ भन्ने कुनै तथ्याङ्क छैन ।

भेटी सार्वजनिक गर्दा कहिले काँही सुनचाँदी पनि सार्वजनिक गरे पनि त्यो न लिलाम गरिएको छ, न सुरक्षित राखिएको छ । स्थानीय समितिको कार्यालय रहेको काठ घरको कोठामा जम्मा गर्ने गरिएको कर्मचारी तथा पुजारीहरु बताउँछन् ।

सुनचाँदीको अवस्था बुझ्न पुगेका स्थानीय सञ्चारकर्मी सन्तोस पुर्कुटीलाई मन्दिरका कर्मचारी नवीन निरौलाले चाबी क्षेत्र विकास समितिका निर्देशक उदय भट्टराईसँग भएको भन्दै फर्काइदिए । भट्टराईदले भने निरौलासँगै भएको बताएका छन् ।

उसो त एक वर्षअघि पाथीभरा मन्दिर परिसरको भवनबाटै रकम चोरी भएको थियो । प्रहरीको अनुसन्धानका क्रममा चोरी भएको दुई लाख नगद फुरुम्बुको जंगलमा फेला पर्‍यो ।

समितिले अरु रकम पाथीभरा परिसरमा नभएको बताएपनि प्रहरीले कर्मचारी बस्ने भवनबाट केही लाखको बिटो बरामद भएको थियो र, कर्मचारीमाथि शंका उब्जिएको तत्कालिन प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताएका थिए । यस्ता घटना बारम्बार दोहोरिए पनि दोषी कर्मचारीलाई समितिले कारबाही गर्न सकेको छैन ।

केही दिनअघि मात्र अस्थायी प्रहरी चौकी माथिल्लो फेदीका असई सम्पद यादवले पाथीभरा क्षेत्रको जंगलमा मन्दिरमा चढाएको साडी र केही नगद भएको पोको फेला पारे ।

भेटी व्यवस्थापन समितिलाई जिम्मा लगाइएको यो पोकोमा कति साडी र रकम थियो अहिलेसम्म खुलेको छैन । यो पाथीभरा मन्दिरमा समितिबाट खटिएका कर्मचारी र स्वयंसेवकले चोरी गर्ने प्रयासमा लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

तर, कान्छीथानबाट संकलित भेटी प्रहरीले लिने र आपसमा बाँडफाँट गर्ने गरेको स्थानीयको दाबी छ । माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा कमाइ राम्रो हुने भएकाले त्यहाँ सरुवा हुन प्रहरीहरुबीच हानथाप हुने गरेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment