२ माघ, अछाम । घाेडा चाेरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरेकाे अाराेपमा हुम्लाका धर्मराज सन्ज्याललार्इ प्रहरीले नियन्त्रणमा लिएको हाे ।
कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पुर्याएकाे अाराेपमा उनलार्इ पक्राउ गरिएकाे अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।
हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पुर्याएका थिए । अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4