+
+

अस्थायी राजधानी नतोकेको विरोधमा दाङका सबै दल आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ४ गते १३:४३

४ माघ, दाङ । प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् ।

यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबारदेखिको आन्दोलनमा प्रमुख दलहरु नै सहभागी भएका हुन् । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको हो ।

दलहरुको अगुवाईमा दिउँसो तीन बजे घोराही, तुलसीपुर, लमही लगायतका क्षेत्रमा वृहत प्रर्दशन गर्ने तयारी छ । दलहरु झण्डा र व्यानरसहित आन्दोलनको अग्रभागमा आउने भएका छन् । बुधबारदेखि नै पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा यातायात बन्द गरिएको छ । उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था, बजार लगायत सम्पूर्ण बजार ठप्प छन् ।

प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सरकारले रुपन्देहीमा अस्थायी मुकाम तोक्ने निर्णय फिर्ता नभएसम्म पूर्वपश्चिम राजमार्गलाई कुनै पनि हालतमा चल्न नदिने जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यले सरकारको विभेदकारी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने जानकारी दिए । ‘सम्पूर्ण आधार हुँदाहुँदै दाङलाई अन्याय गरिएको छ,’ उनले भने, ‘अब आन्दोलनमा गाउँगाउँबाट जनताको सहभागिता रहन्छ ।’

नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले दाङ राजधानी गराउने कुरा यहाँका सम्पूर्ण राजनीतिक दलहरुको साझा एजेण्डा भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?