+
+
Shares

प्रदेश प्रमुखको शपथग्रहण आज

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते ८:५१


५ माघ, काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् ।

बुधबार सरकारले ७ वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । त्यसको २ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई शपथग्रहण गराउन लागेकी हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार अपराह्न ४ बजे शपथग्रहण गराउन लागिएको जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलकाे भागवण्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?