५ माघ, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै काठमाडौं प्रदर्शन भएको छ ।
ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टा धर्ना दिएको हो । ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाए ।
भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको ग्रेटर नेपालको दाबी छ ।
सरकारले भने वीरगञ्जमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले वीरगञ्जमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने बताए । भारतले नेपाली भूमिका मिचेको हो, होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली खटाएको उनलेबताए ।
प्रतिक्रिया 4