Comments Add Comment

बैंकमा ४० अर्ब बराबरको नक्कली निक्षेप ! राष्ट्र बैंकबाट सदर

कर्जा-निक्षेप अनुपात मिलानमा बैंकहरुलाई सहज

७ माघ, काठमाडौं । पुस मसान्तपछि अधिकांश वाणिज्य बैंकको निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) कट्ने बताउँदै बैंकहरुले कोकोहोलो मच्चाए । तर, त्यस्तो देखिएन । एक महिनामा बैंक तथा वित्तीय संस्थाबाट करिब ६५ अर्ब रुपैयाासम्म राजश्वका रुपमा सरकारी खातामा जाने र त्यसका कारण अनुपात कट्ने चिन्ता बैंकहरुमा देखिन्थ्यो ।

तर, मंसिरदेखि पुस मसान्तसम्म बैंकहरुमा नेपाली मुद्रामा रहेको निक्षेपमा ३५ अर्बले वृद्धि भयो । मंसिर मसान्तमा बैंकहरुसाग २० खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो । पुस मसान्तसम्म बढेर २१ खर्ब १८ अर्ब रुपैयाा पुगेको छ ।

‘बैंकहरुले कर्जाको पाकेको व्याज आएकाले पनि निक्षेप मिलान भएको भन्ने तर्क गरिरहेका छन् तर यसले मात्रै सीसीडी रेसियोको व्यवस्थापन हुने सम्भावना कम देखिन्छ,’ एक बैंकरले भने ।

उनका अनुसार हाल सात वटा वाणिज्य बैंकको सीसीडी अनुपात ७९, १० वटाको ७८ देखि ७९ बीचमा, राष्ट्रिय वाणिज्य बैंकको ७० मुनि र बाँकीको ७७ प्रतिशत हाराहारीमा छ ।

सरकारले पुसमा मात्रै करिब ९१ अर्ब रुपैयाँ राजश्वका रुपमा उठाएको राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कति रकम बैंकिङ प्रणालीबाट बाहिरियो भन्ने तथ्यांक भने राखिएको छैन ।

बजारमा कतिपयले चुनावमा अनौपचारिक माध्यमबाट भएको खर्च प्रणालीमा फर्किएकाले पनि बैंकहरुमा निक्षेप बढेको हुन सक्ने अनुमान गरिरहेका छन् । तर, बैंकहरुले नक्कली निक्षेप सिर्जना गरेर उक्त अनुपात कायम गरेको हुनसक्ने ती बैंकरहरु बताउँछन् ।

‘यस्तो समयमा बैंकहरुले अनुपात कायम गर्ने भनेको नै अन्तर बैंक निक्षेप राखेर हो,’ ती बैंकरको दाबी छ । राष्ट्र बैंकले अन्तर बैंक निक्षेपका कारण बैंकहरुमा ‘नक्कली निक्षेप’ सिर्जना भएको बताउँदै यसलाई कर्जा लगानीमा प्रयोग गर्न नपाउने व्यवस्थासमेत गरेको थियो । तर, यस्तो निर्देशन जारी गरेको केही समय नबित्दै पुनः अन्तर बैंक निक्षेपको परिभाषा नै फेरेको थियो, राष्ट्र बैंकले ।

एउटा बैंकले अर्कोलाई कर्जा र सापटी दिएर उक्त रकमलाई निक्षेपको रुपमा राखिएको अवस्थामा अन्तर बैंक निक्षेप मानिने राष्ट्र बैंकले परिभाषित गरेको छ । उक्त रकम सीसीडी रेसियो गणना गर्दा स्रोत परिचालनमा प्रयोग गर्न नपाइने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ ।

उक्त व्यवस्थाले एक बैंकले अर्कोमा निक्षेपको रुपमा रकम राख्दा भने सीसीडी गणनामा त्यसलाई प्रयोग गर्न सकिने गरी बाटो खोलेको छ ।

राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकअनुसार बैंकहरुले ७८ अर्ब ९३ करोड रुपैयाँ अन्तर बैंक निक्षेपको रुपमा राखेका छन् । यस्तो निक्षेपलाई दुई वटासम्म बैंकले आफ्नो खातामा निक्षेपका रुपमा जनाउन पाउाछन् । यस आधारमा हेर्दा ३९ अर्ब ४६ करोड रुपैयाा मात्रै वास्तविक निक्षेप हो । सोही तथ्यांकले मंसिरसम्ममा बैंकहरुले एक खर्ब ५३ अर्ब रुपैयाँ अन्तर बैंक कर्जा तथा सापटीको कारोबार गरेका छन् ।

गत वर्ष पुसमा समेत बैंकहरुलाई कर्जा निक्षेप अनुपात कायम गर्न समस्या देखिएपछि ९५ अर्ब रुपैयाा अन्तर बैंक निक्षेप पुगेको थियो । यसमध्ये ४७ अर्ब बराबर निक्षेप राष्ट्र बैंककै भाषामा नक्कली हो ।

राष्ट्र बैंकले गर्‍यो सदर

परिभाषा नै फेरेको राष्ट्र बैंकले अहिले यसरी सीसीडी पुर्‍याए पनि सदर गर्ने सम्भावना रहेको देखिन्छ ।

‘राष्ट्र बैंकमा पुाजी माग्न आउनुभन्दा आफैं-आफैंले समस्या समाधान गरेको राम्रै हो, यसमा आपत्ति मान्नुपर्ने केही छैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने । यद्यपि, नक्कली निक्षेप शब्दावलीको प्रयोग राष्ट्र बैंकले नै गरेको थियो ।

तरलता उच्च देखिएपछि दुई अर्ब उठाइादै

बैंकहरुमा कर्जायोग्य पुाजी अभावको समस्या नटुंगिएको बताइए पनि लगभग ४५ अर्ब हाराहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

अधिक तरलताकै कारण अन्तर बैंक कर्जा तथा सापटीको व्याजदर तीन प्रतिशतभन्दा मुनि ओर्लिएको छ । तर, व्याजदर करिडोरको तल्लो सीमा नै तीन प्रतिशत कायम गरिएको छ । अन्तर बैंक सापटीको व्याजदर त्यसभन्दा माथि हुनुपर्छ ।

यही कारण राष्ट्र बैंकले त्यसलाई व्यवस्थित गर्न आइतबार १४ दिनका लागि बैंकहरुबाट दुई अर्बको निक्षेप उठाउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment