+
+
Shares

बैंकहरूले ब्याजदर बढाएपछि केन्द्रीय बैंकले लिएन चाहेजति निक्षेप

पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्ब निक्षेप संकलन गर्न खोज्दा ७८ अर्ब २५ करोडमात्र लिएको छ।
  • बैंक तथा वित्तीय संस्थाले २.७५ प्रतिशतभन्दा बढी ब्याजदर नदिएपछि माग अनुसार निक्षेप नलिएको हो।
  • बुधबारको निक्षेप संकलन औसत ब्याजदर २.७४६५ प्रतिशत कायम भएको र वित्तीय प्रणालीमा ६ खर्ब ७२ अर्ब रुपैयाँ केन्द्रीय बैंक पुगेको छ।

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ८० अर्बको निक्षेप संकलन गर्न खोज्दा ७८ अर्बमात्र लिएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणको ब्याजदर बढाएपछि माग गरे अनुसार निक्षेप नलिएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत घटाइएको स्थायी निक्षेपको ब्याजदर कार्यान्वयन गरेको छ । सोही अनुसार केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमा पनि बैंक तथा वित्तीय संस्थालाई २.७५ प्रतिशतभन्दा धेरै ब्याजदर दिन नचाहेको हो ।

तर, वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै बैंक तथा वित्तीय संस्था केन्द्रीय बैंकले माग गरे अनुसार निक्षेप दिन तयार भए ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाभन्दा माथि हुने गरी ब्याजदर दिन तयार नभएपछि ८० अर्ब मध्ये ७८ अर्ब २५ करोडमात्र लिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप संकलनका लागि ८० अर्ब २५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाएको छ ।

बुधबार पनि केन्द्रीय बैंकले जारी गरेको निक्षेप संकलन उपकरण ५६ दिन अवधिको हो । बुधबारको निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम २.७५ र न्यूनतम २.५१२५ प्रतिशत ब्याजदर माग गरेका छन् । बुधबारको निक्षेप संकलनको औसत ब्याजदर २.७४६५ प्रतिशत कायम भएको छ ।

बुधबारको निक्षेप संकलन पनि वित्तीय प्रणालीको ६ खर्ब ७२ अर्ब रुपैयाँ केन्द्रीय बैंक पुगेको छ । यो रकममध्ये स्थायी निक्षेपको २ खर्ब ७५ अर्ब र निक्षेप संकलनको ३ खर्ब ९७ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?