
News Summary
Generated by OK AI. Editorially reviewed.- निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा २३ अर्ब ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
- नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल आसपास सडक निर्माणमा २ करोड ५२ लाख, वातावरणीय प्रभाव मूल्यांकनमा ५ करोड र टाँगिया बस्तीको रिसेटलमेन्टमा ३ करोड बजेट राखिएको छ।
- रुख कटान र साइट क्लियरेन्सका लागि ५ करोड र निर्माण कार्यका लागि ८ करोड २८ लाख रुपैयाँ बजेट छुट्याइएको छ, तर मोडालिटी नटुंगिएको कारण बजेट खर्च भएको छैन।
७ साउन, काठमाडौं । निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२÷८३ मा २३ अर्ब ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस आवमा नेपाल सरकारले दिएको बजेटबाट उक्त रकम छुट्याइएको हो । यसमध्ये विमानस्थल आसपास सडक निर्माणमा २ करोड ५२ लाख रुपैयाँ खर्च हुने भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन र रिसेटलमेन्ट एक्सन प्लान निर्माणमा ५ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । टाँगिया बस्तीको रिसेटलमेन्टका लागि ३ करोड बजेट राखिएको छ ।
रुख कटान र साइट क्लियरेन्स गर्न ५ करोड बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । निर्माणका कामका लागि भने ८ करोड २८ लाख बजेट राखिएको छ ।
यो विमानस्थल निर्माणको मोडालिटी नटुंगिएका कारण अहिले प्राधिकरण र सरकारले राष्ट्रिय गौरवको आयोजना बचाउन मात्र बजेट राख्ने गरेका छन् । प्राधिकरणका अनुसार पछिल्ला वर्ष यस आयोजनामा राखिएको बजेट खर्च भएको छैन ।
प्रतिक्रिया 4