+
+

प्रदेश ६ को मुख्यमन्त्री नछोड्ने एमाले संसदीय दलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते १७:१४

८ माघ, काठमाडौं । एमालेले प्रदेश ६ को मुख्यमन्त्री पद माओवादीलार्इ नछोड्ने भएको छ ।

प्रदेश ६ मा एक्लै सरकार बनाउन सक्ने सदस्य संख्या आफूहरुसँग भएको भन्दै एमाले प्रदेश नं. ६ को मुख्यमन्त्री पद नछोड्ने निर्णय गरेको हो ।

सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको प्रदेश ६ को संसदीय दलको पहिलो बैठकले जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमालेले ५० प्रतिशत अर्थात २० सिट जितेको भन्दै बैठकले प्रदेशको नेतृत्व दावी गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश नं. ६ को कमिटीले यसअघि नै प्रदेश ६ को मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको थियो ।

यो प्रदेशमा मुख्यमन्त्रीमा सुरुबाटै माओवादीले पनि दावी गरिरहेको छ । अरु प्रदेशको तुलनामा प्रदेश ६ मा माओवादीको उपस्थिति बलियो भएकोले माओवादीले पनि मुख्यमन्त्री नछोड्ने अडान कायमै राखेको छ ।

एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. ६ का सह-संयोजक यामलाल कंडेलको अध्यक्षतामा भएको संसदीय दलको बैठकले सुर्खेत-काठमाडौं सिधा उडानको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सुर्खेतबाट प्रदेशका अन्य जिल्लाहरूमा समेत हवाइ सेवा विस्तार गर्न पनि संसदीय दलको बैठकले माग गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?