नवलपरासी, ९ माघ । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
बर्दघाट सुस्ता पूर्व नवलपरासीको देवचुली नगरपालिका १४ दलदलेमा प्रहरीको चेकजााच गर्ने क्रममा ना ५ ख ३४१ नम्बरको बसमा सवार दुई जना यात्रुलाई प्रहरी लागू औषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दी जिल्ला अर्थुङ गाउँपालिका निवासी १९ वर्षीय डेविट पुन र म्याग्दीकै मुडि गाउँपालिका ९ बस्ने १७ वर्षीय गोरे घर्ती रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले डाइजापाम, नोफिन र फेनार्गन ९३/९३ एम्पुल बरामद गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4