Comments Add Comment

मेरो सन्देशले काम नगरेको भोलिपल्ट रियल मड्रिड छाड्छु : जिदान

 

१२ माघ, काठमाडौं । लेगानेससँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएपछि सान्टिएगो बेर्नाबाउ थप समस्यामा देखिएको छ । प्रशिक्षक जिनेदान जिदानको निर्णयबारे पनि प्रश्न उठेको छ ।

तर, फ्रान्सेली प्रशिक्षकले भनेका छन् कि यदि उनको सन्देशले काम गरेन भने पद छाड्न तयार छन् ।

डिपोर्टिभोमाथि ७-१ को जितपछि रियल मड्रिड आफ्नो लयमा फर्किन सक्ने आंकलन गरिएको थियो । तर, लेगनेससँग घरेलु मैदानमै २-१ ले पराजित भयो र पहिलो लेगमा निकालेको १-० को जितका बाबजुद अवे गोलका आधारमा कोपा डेल रेबाट बाहिरियो ।

‘यदि मलाई लाग्यो कि मेरो सन्देशले काम गरेका छैन, म भोलिपल्टै छाड्नेछु’ जिदानले भनेका छन् ।

फुटबलमा राम्रा र खराब क्षण रहने भन्दै उनले आफूमा परिस्थिति बदल्ने इच्छा रहेको बताए ।

जिदानले हारको जिम्मेवारी आफूले लिने बताए । शायद आफूले पर्याप्त प्रेरणा दिन नसकेको हुनसक्ने भन्दै भने, ‘टिमको योजनामा कुनै पश्चाताप छैन । टिमसँग म खुसी छु ।’

साथै उनले क्लब र अध्यक्षको समर्थन आफूलाई रहेको दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment