Comments Add Comment

कामोन-आई ब्राण्डका नयाँ मोबाइल बजारमा

१७ माघ, काठमाडौं । ट्रान्स्सन नेपालले हालसालै कामोन-आई ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ ।

ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र कामोन-आई ले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

फोटो खिच्नको लागि अत्यन्तै उपयुक्त कामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलइडी. लेन्स् ˆल्यास एवं पाँच पी लेन्स् लगायत अन्य विशेषताहरु रहेको छ ।

यस्तै कामोन-आई का फोनमा भएको फूल भ्यू डिस्प्ले सुबिधाले भिडियो हेर्न, गेम खेल्न, इन्टरनेट चलाउन र अन्य कार्यहरु गर्न पनि सरल र सहज हुने बताइन्छ ।

इन्सेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरु प्रयोग गर्दा उत्कृष्ठ टच स्क्रीन अनुभव हुनुका साथै व्याट्रीको पनि कम खपत हुन्छ ।

३ जीबी आर ए एम, ३२ जीवी आर ओ एम एवं १३ जी.एच.जेड. क्वाड कोर प्रोसेसर भएको कामोन-आई पहेंलो, कालो र नीलो रंगमा उपलब्ध छ । यो मोबाइल सेटको बजार मूल्य १८ हजार ५०० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment