+
+
Shares

माघ २१ गते ‘अल्फा बिटा यूएस शैक्षिक मेला’

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १८:१०

 

१९ माघ, काठमाडौं । वैदेशिक शिक्षा तथा टेष्ट प्रिपरेशन कार्यक्रम सञ्चालन गर्दै आएको अल्फा बिटाले यसै माघ २१ गते ‘अल्फा बिटा यूएस शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।

अमेरिकाका १० भन्दा बढी कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउने यस कार्यक्रम अल्फा बिटा कम्प्लेक्स, नयाँबानेश्वरमा हुनेछ । करिब एक हजारदेखि एक हजार पाँच सयष् विद्यार्थीहरुले यस कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

उच्च शिक्षाको लागि अमेरिका जाँदा सबैभन्दा महत्वपूर्ण सहि विश्वविद्यालय तथा विषयको छनोट हुने भएकाले शैक्षिक मेलामा विश्व विद्यालयका प्रतिनिधीसँगै विद्याथीहरुले सहभागि जज्ञासा राख्न पाउने व्यवस्था गरिएको अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्माले बताए ।

हालका वर्षहरुमा नेपालबाट अमेरिका अध्ययनकालागि जाने विद्यार्थीहरुको सङ्ख्या बढ्दै गरेको पाइन्छ । तर सहि समयमा सहि जानकारी नपाउँदा धेरै विद्यार्थीहरु विदेश पुगेर समस्यामा पर्ने गरेकोले मेलाबाट नै सम्पूर्ण जानकारी लिएर पूर्ण तयारी साथ जान सहयोग पुग्ने अल्फा बिटाले उल्लेख गरेको छ ।

मेलामा विश्व विद्यालयका प्रतिनिधिहरुले अमेरिकाका विभिन्न राज्यमा पढ्नुका फाइदा तथा सावधान रहनुपर्ने कुराका बारे वर्कसप सञ्चालन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?