+
+
Shares

हामी पनि कखरा सिक्छौं !

रामसुन्दर आचार्य रामसुन्दर आचार्य
२०७४ माघ २१ गते १४:४०

२० माघ, नेपालथोक । जस्ताको टहरा, त्यो पनि भत्किएको छ । बस्नलाई चिसो ढुंगा बाहेक केही छैन । तैपनि ससाना नानीहरुमा कखरा सिक्ने भोक मारेको छैन ।

यो दृश्य, सिन्धुलीको घ्याङलेक गाउापालिका- ५ वगरटोलस्थित माटोखानी बाल ज्योति प्राथामिक विद्यालयको हो ।

यो प्रारम्भीक स्कुल हो तर, यहाा पााच वर्षदेखि ९ वर्षका ३३ जना बालबालिकले पढ्छन् ।

चिसोका कारण कहिले कााही मात्रै पढ्न आउने गरेको ६ वर्षीय सुजेनले विश्वकर्माले सुनाए । ठुलो भएपछि हामी पनि बेञ्चमका बसेर पढ्छौं है मिस, उनले भने ।

‘मौसम हेरर पढ्न विद्यार्थी बोलाउने गरेकी छु’ शिक्षिका वर्षा विकले भनिन्, ‘बस्न डेस्क बेञ्च कैही छैन । त्यसैले ढुङ्गामाथि राखेर पठाउने गरका छौं ।’

नजिकै अर्को विद्यालय नभएपछि स्थानीयबासीको पहलमा स्कुल सञ्चालनमा ल्याइएको थियो ।

तर, यो विद्यालयलाई विद्यालयको आकार दिन न स्थानीय सरकारले पहल गरेको छ न केन्द्र सरकारले । ‘नजिक भनिएको रामपुर माविमा पुग्न २ घण्टा लाग्छ’ सरकारी निकायको कुनै पनि सहयोग आउन नसकेको स्थानीय रामबहादुर विकले भने, त्यसैले स्कुल खोल्यौं तर, हेर्नु पर्ने निकायले नहेर्दा यो अवस्था छ ।’

विद्यालयकी शिक्षिका वर्षा विकले स्थानियहरुबाट उठाएको २ हजार मासिक तलव लिने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?