Comments Add Comment

‘जात्रा २’ बन्ने, ‘जात्रा’ युटुबमा पनि हिट


निर्देशक प्रदिप भट्टराइले चलचित्र ‘जात्रा २’ बन्ने बताएका छन् । चलचित्रका लागि अहिले कथा लेख्ने काम पनि सुरु भएको छ । चलचित्रको छायांकन सुरु हुने ४ महिना लाग्ने उनको भनाई छ ।

यो चलचित्रको कथा ‘जात्रा’ जहाँबाट सकिएको थियो, त्यहीबाट सुरु हुने प्रदिपको भनाई छ । तर, कथावस्तु भने नयाँ उनले बताए । प्रदिपले भने-‘हामीले चलचित्रको कथा लेख्न सुरु गरेपछि ‘जात्रा २’ बन्ने कुरा बाहिर ल्याएका हौ । अब चलचित्र पक्का बन्छ ।’

उनका अनुसार ‘जात्रा २’मा पुरानै कलाकार र टिम हुनेछ । केहि कलाकार परिवर्तन हुने प्रदिपले जानकारी दिए । चलचित्र ‘जात्रा’ युटुबमा आएपछि यसको निर्माणपक्षले ‘जात्रा २’ बन्ने घोषणा गरेको हो ।

‘जात्रा’ले युटुबमा हंगामा मच्चाइरहेको छ । हलमा पनि यो चलचित्र हिट भएको थियो । विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारले यो चलचित्रमा मुख्य भूमिका निर्वाहा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment