+
+
Shares

पार्टी एकताबाट पछि हट्ने छुट कसैलाई छैनः महरा

पाण्डव शर्मा पाण्डव शर्मा
२०७४ माघ २२ गते १५:१४

२२ माघ, दाङ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकताका लागि एमाले र माओवादी दुबैले पुरानो पोजिसन छोड्नुपर्ने बताएका छन् ।

घोराहीमा कार्यकर्ता भेटघाट गर्दै महराले दुई पार्टीवीच एकता हुँदा पुरानो मनोविज्ञान त्याग्नुपर्ने धारणा राखेका हुन् ।

नयाँ पार्टी निर्माणमा पुरानो संख्याको कुनै औचित्य नहुने उनको भनाइ छ । ‘पार्टी एकता गर्दा संख्या महत्वपूर्ण कुरा होइन, विचार र राजनीतिलाई केन्द्रमा राखेर गर्नुपर्छ’ नेता महराले भने, ‘पार्टी एकता गर्दा निर्वाचनमा तालमेल गरे अनुसार ६०/४० वा सत्तामा साझेदारीको ७०/३० को मापदण्ड लागू हुँदैन ।’

महराले निर्वाचन मार्फत जनताले पार्टी एकताको म्याण्डेट दिएकाले एकताबाट पछि हट्ने छुट कसैलाई नभएको बताए । ‘अहिले दुई पार्टीका अध्यक्षहरु पार्टी एकता लागि गम्भीर छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘पार्टी एकता हुन्छ, सकभर सरकार निर्माण भन्दा पहिले नै पार्टी एकता गरौं भन्ने हाम्रो भनाइ हो ।’

पार्टी एकतापछि जनताको बहुदलीय जनवाद (जबज) र माओवाद भन्दा अघि बढेर विचार निर्माण गरिने माओवादी नेता महराले बताए । ‘मुलुकको आमुल परिवर्तनका लागि माओवाद र जबजले आफ्नै खाले भूमिका खेलेका छन्, यीनको उचित सम्मान गर्दै नयाँ विचार निर्माण गरेर पार्टी एकता गर्नुपर्छ ।’ महराले भने ।

फरक प्रशंगमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका महराले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणको उद्देश्य आफूलाई थाहा नभएको बताए । ‘उहाँको भ्रमण नेपालका राजनीतिक दलहरुसँग सम्बन्धन सुधारका लागि हो भन्ने सुनेको छु,’ उनले भने, ‘यसबारे मलाई औपचारिक जानकारी छैन ।’

यद्यपि सरकार र राजनीतिक दलहरुसँग छिमेकी मुलुक भारतको नेतृत्व तहले उच्चस्तरीय सम्बन्ध राख्नु सकरात्मक र स्वभाविक भएको महराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?