२२ माघ, ललितपुर । पाँच वर्षकी निहिरा बज्राचार्य पाटनको नयाँ कुमारीमा चयन भएकी छन् ।
सोमबार रत्नकर महावीहार, पाटनमा प्रतिस्पर्धाबाटै नयाँ कुमारी चयन गरिएको हो । प्रतिस्पर्धामा बज्राचार्य परिवारका पाँच बालिका सहभागी थिए ।
कुमारी छनोट गर्दा आँखा, दाँत मिले नमिलेको, अनुहारमा कुनै खत भए नभएको हेरिन्छ । यस्तै बालिका कति धैर्यवान छिन् भन्ने पनि हेर्ने गरिन्छ ।
नयाँ कुमारी छनोट भएकी पाँच वर्षकी निहिरा पाटन गाबहालका निरजरत्न र मोहिनी बज्राचार्यकी छोरी हुन् र होराइजन स्कुलमा अध्ययनरत छिन् ।
उनले १० वर्षकी युनिका बज्राचार्यको स्थान लिनेछिन् । विधिपूर्वक पूजाअर्चना गरेपछि फागुन ५ गतेबाट उनी कुमारीको आसनमा बस्नेछिन् ।
नेवार समुदायले कुमारीलाई जीवित देवीका रुपमा पुज्छन् ।
हेर्नुस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4