Comments Add Comment

टप १० समाचारः कालोधनको जालोदेखि अनौठो चोरीसम्म

आज सोमबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. कालोधनको जालोः होला त ओलीको फर्मुला लागू ?

अवैध गतिविधिबाट आर्जित धनलाई शुद्धीकरण गर्न अपनाईने सम्पूर्ण प्रक्रिया नै सम्पत्ति शुद्धीकरण हो ।‘प्राइम मिनिस्टर इन वेटिङ’ केपी ओलीले १६ माघमा कालोधनलाई करको दायरामा ल्याउन सरकारी कार्यक्रमको आवश्यकता औंल्याए । के उनले यही चाहेका हुन् ? यो सम्भव छ ?

२. एमालेको आन्तरिक तयारी : प्रदेश १ को राजधानी इटहरी आसपास

सरकारले अस्थायी मुकाम बिराटनगरलाई तोकेपछि प्रदेशसभाको बैठक र मन्त्रालयहरु त्यही बस्न थालेका छन् । तर, राजधानीको बहस अझै सेलाएको छैन । बरु अझ चर्किने देखिएको छ ।

३. नयाँ सालमा बिहेको साइत : मंसिरमा जम्मा एक दिन 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् ।

४. भारत जानुअघि ज्ञानेन्द्र शाहले भने – पातहरु फेरिन सक्छ, जरा कहिल्यै फेरिदैन

पूर्वराजा ज्ञानेन्द्र शाह भारतमा देशी गाई जोगाउन सक्रिय श्रीमार्गको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका छन् । तर, भारत जानु अघि उनले गरेको टिप्पणीलाई अर्थपूर्ण मानिएको छ ।

६. भित्र प्रदेशसभा ! बाहिर ‘पाइखाना सभा’ (भिडियोसहित) 

केही दिन अघिसम्म क्षेत्रीय शैक्षिक तालिम केन्द्र भवन रहेको यो ठाउँ अब प्रदेश संसद बनेको छ । प्रदेश संसदको दायाँतर्फ आदर्श माध्यमिक विद्यालयको प्रांगण पार्किङस्थल बनेको छ ।

७. मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने व्यक्ति बने कुलमान  

तपाईको मासिक मोबाइल खर्च छ ? सबैभन्दा बढी त छैन ? ढक्क हुनुस्, तपाई भन्दा अगाडि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ छन् । व्यक्तिगततर्फ मोबाइल फोनमा धेरै खर्च गरेका उनलाई टेलिकमले सम्मान नै गरेको छ ।

८. अनलाइनमा किनियो आइफोन, घरमा डेलिभरी भयो लुगा धुने साबुन ! 

आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ ।तर, कहिले काँही अनलाइन सपिङले नराम्ररी डुबाँउछ

९. शक्तिशाली राष्ट्रपति: जो गुफामा बस्थे, मल बोक्थे  

विश्वकै शक्तिशाली नेताहरुमध्ये पर्छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । तर, कमैलाई थाहा छ, उनी शक्तिमा आउनुअघि एउटा गुफामा धेरै वर्ष बिताएका थिए र सामान्य कृषकका रुपमा श्रम गरेका थिए ।

१०. धुर्मुसको सिन काटिएपछि ‘भद्रगोल’ भित्र भद्रगोल, प्रशारण अनिश्चित

हास्य टेलिश्रृंखला ‘भद्रगोल’ अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई मात्र देखाइएन, धुर्मुस स्वयंले पनि छोटो अभिनय गरेका थिए ।
तर, धुर्मुसले अभिनय गरेको दृश्य काटेपछि हंगामा भएको छ

र, यो पनि 

अनौठो चोरी ! रातारात चोरीयो ८ सय मिटर सडक  

सडकमा गुड्ने गाडी चोरी भएको त बरु सुनिएकै हो । तर चीनमा भने सडक नै चोरी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment